काठमाडौं टोखामा १३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ


प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार

कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडिटी परीक्षण गरेको थियो । नगर प्रमुख प्रकाश अधिकारीले टोखाका ७९३ जनामा गरेको आरडिटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए ।

नगरपालिकाभित्रका तरकारी तथा फलफूल, किराना पसले, जनप्रतिनिधि, सुरक्षाकर्मी, विदेशबाट आएका व्यक्ति र विभिन्न जिल्लाबाट नगर क्षेत्रमा आएका व्यक्तिको सो परीक्षण गरिएको उनले बताए ।

पोजेटिभ देखिएकाको पिसिआर विधिबाट परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । बुधबार नगरपालिकाको वडा नं २ प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ७ हेराल्ड कलेज, वडा नं ५ श्रीसमाज र वडा नं ९ कान्तिपुर पब्लिक स्कूलमा परीक्षण गरेको थियो । नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको कोरोना सङ्क्रमणबाट मृत्युभएपछि हालसम्म सो नगरक्षेत्रमा अन्य व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको छैन ।

यसअघि मृतक सुत्केरी बस्दै आएको टोखा–९ बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गर्दा सबैको रिपोर्र्ट नेगेटिभ देखिएको थियो । नगरपालिकाले अन्य व्यक्तिको कोरोना जाँच गर्दै जाने जनाएको छ ।रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com