मेरिल्याण्डमा शुक्रबार तलाउमा डुबेका २५ बर्षका आशिषको आज निधन


प्रकाशित मिति : जेष्ठ ४, २०७७ आईतबार

मेरिल्याण्डमा २५ बर्षका नेपाली युवाको निधन भएको छ । वाग्लुङ्ग जिल्ला घर भई मेरिल्याण्डमा वस्दै आएका वर्ष २५ का आशिष केसीको निधन भएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जनाएका छन् ।

मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरले केसीको मृत्युबारे जानकारी दिएको भण्डारीले सामाजिक सञ्जालमार्फत जनाएका हुन् । विगत तीन वर्ष देखि मेरिल्याण्डमा वस्दै आएका आशिष गत शुक्रवार मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा डुबेका थिए । उद्धारकर्ताहरुले उद्धार गरि मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा उपचार गर्ने क्रममा आईतवार उनको निधन भएको हो ।

भण्डारीका अनुशार शुक्रवारको दिन आशिष केसी सहित भतिजा र अन्य साथीहरु समेत मिलेर गएका थिए । तलाउमा डुबेर पानीको मध्य भागमा पुगेपछि आशिष चिच्याएपछि सँगै पुगेका साथीहरु र अन्यले उद्दारको प्रयास गरेका थिए । तर उनीहरु सफल हुन सकेनन् ।

त्यही वीचमा अरु साथीहरुले स्थानीय प्रहरी र उद्दार कर्ताहरुलाई ९११ मा खवर गरेपछि तुरुन्त हेलिकप्टर सहितको टोलीले उहाँको उद्धार गरेका थिए । उद्धारमा रहेको सिपिआर टोलीले अस्पताल लगेका थिए । अस्पतालमा आपतकालीन सेवामा रहेका चिकित्सकहरुले तत्काल उनको उपचारको प्रक्रिया थालनी गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डा सारा भायलाले आफूलाई दिनुभएको जानकारी अनुसार तीन पटक सम्म वन्द भएको मुटुको धडकनलाई फर्काउन सफल भएको भण्डारीले जनाएका छन् । सँगै २० घण्टा सम्म शरीरलाई वार्म गराउदै मेकानिकल भेन्टिलेटरमा राखिएको र फेल भएको मृगौला डायलिसस समेत गराएको जनाइएको छ ।

आशिषको अस्पताल पुराउने समयसम्म मुटुको धडकन अवरुद्ध भएको,मृगौला फेल भएको र व्रेनमा समेत गम्भिर असर परिसकेको थियो । उपचारमा संलग्न चिकित्सकहरुले उच्च प्रकारको मेडिकेशन चलाएर व्रेन वेभ मनिटर मार्फत मस्तिष्कको जाँच गर्दा अक्सिजनको कमी भएको र मृगौला समेत फेल भईसकेको थियो ।

उपचारमा विशेषज्ञ चिकित्सकहरुको टोली संभव भए सम्मको उपचार गरेका थिए । डा सारा भायलाको टिमले अन्तिमसम्म गरेको प्रयासको उच्च प्रशंसा गर्दे उनीहरुको सेवा भावको लागि भण्डारीले धन्यवाद व्यक्त गरेका छन् ।

भण्डारीले भनेका छन्  -‘यसरी सयौ सपनाका साथ आप्रवासीको रुपमा अमेरिका आएर अल्पायुमा दिवंगत हुनुभएका केसीको निधनको खवरले हामी अत्यन्तै मर्माहत भएका छौं । साथै उहाँको आत्माको चीरशान्तिको कामना गर्दछु ।’

यस दुखद क्षणको वारेमा नेपालको स्थानीय समय अनुसार सोमवार विहान नेपालमा रहनुभएका पिता मातालाई समेतलाई अवगत गराइएको छ । यस दुखद घडीमा अमेरिका र नेपालमा रहेका आशिषका परिवारजन साथीहरुमा धैर्य धारण गर्ने शक्तिका लागि कामना गर्दे आवश्यक प्रक्रिया पूरा गरी अन्तिम संस्कार सम्पन्न गर्नका लागि परिवारका सदस्यहरुको समन्वय र स्थानीय संघसंस्थाका प्रतिनिधीसँग सहकार्य गरेर व्यवस्थापन गर्ने भण्डारीले जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com