नेपालमा कोरोना संक्रमितको पहिलो मृत्यु, संक्रमितको संख्या २८१


प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार

नेपालमा कोरोना संक्रमितको पहिलो मृत्यु भएको छ । सिन्धुपाल्चोककी २९ बर्षकी सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सिन्धुपाल्चोककी ती महिला बैशाख २३ गते महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । २४ गते बच्चा जन्मिएको र २५ गते अस्पतालबाट डिस्चार्ज भएकी महिला सिन्धुपाल्चोक घर गएकी थिइन् ।

त्यसपछि ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि उनले स्थानीय अस्पतालमा उपचार गराएकी थिइन् । तर समस्या जटिल भएपछि धुलिखेल अस्पतालमा उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको हो । कोरोनाको परीक्षण गर्दा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या २८१ पुगेको छ । धनुषाका दुईजनामा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या २८१ पुगेको हो । उनीहरुको अवस्था सामान्य रहेको छ ।

मृतक महिलाको गाउँ सिल, सेना पनि परिचालन

सिन्धुपाल्चोकमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ । सम्भावित सङ्क्रमणलाई रोक्न बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको गाउँ सिल गरिएको हो ।

सो नपाको वडा नं ९ तथा बलेफी गाउँपालिका वडा नं ८ र ९ सिल गरिएको छ । ती महिलाको माइती बलेफी–९ मा पर्ने हुँदा उक्त क्षेत्र पनि सिल गरिएको हो । उक्त सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिइने भएको छ ।

सिल गरिएका ठाउँका स्थानीयलाई घर बाहिर निस्कन नदिइने र त्यसको व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासमेतलाई जिम्मा दिइएको छ ।

ती महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई कन्ट्रयाक्ट ट्रेसिङ गरी पिसीआर परीक्षणका लागि क्वारेन्टाइनमा राखी स्वाब सङ्कलन गरिने समितिको बैठकले निर्णय गरेको छ ।

साथै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिने भएको छ । ती महिला उपचारका लागि त्यहाँ गएको हुनाले उक्त केन्द्र सिल गरिने भएको हो ।रासस

तस्वीर  : शिक्षण अस्पताल महाराजगञ्जको फाइल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com