काठमाडौँ निवासी ७ वर्षीय बालिकासहित संक्रमितको संख्या २ सय ६७


प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार

नेपालमा कोरोना संक्रमित थपिने क्रम तीब्र बनेको छ । शुक्रबार साँझ पुनः ९ जनामा संक्रमण पुष्टि भएपछि नेपालका कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । संक्रमित भेटिने क्रममा पहिलो पटक दाङ्ग पनि सूचीकृत भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा ,उदयपुर, दाङ र काठमाडौंका छन् । शुक्रबार विहान मात्र ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

शुक्रबार साँझ थपिएका नौ जना संक्रमितहरुमा पर्सा निवासी ९ र १० बर्षीय बालक, २३ र ४७ बर्षीया महिला, उदयपुर त्रीयुगा नगरपालिकाका २५ बर्षीय पुरुष, दाङ गढवा ४ र ५ तथा तुलसीपुर ७ निवासी २३, ३४ र ३६ बर्षीय पुरुषहरु र काठमाडौं सतुंगल निवासी ७ बर्षीय बालक छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com