आमा, अलविदा ! तिम्रो अजम्बरी जीवनगाथाको उत्सव मनाउन चाहन्छु !


प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार

– प्रदीप परियार थापा

आमा, तिम्रो पार्थिव शरीरको देह लीला समाप्त भए पनि तिमी अजम्बरी छौ। तिम्रो आत्मा, तिम्रो माया, करूणा र तिम्रो आशिर्वाद हामीसंगै छ।

आमा, तिमी मेरो जीवन छँदासम्म मेरो ढुकढुकीमा बाँच्नेछौ।तिम्रो कोखमा मेरो भ्रूण बस्दा तिमीले मेरो रक्तनलीमा सिंचेको जीवनबुटी लिएर म तिम्रो, बाबाको र भगवानले दिएको अमूल्य जीवन जिउने मन्त्र जप्दै तिम्रै पदचाप लिएर हिंडीरहेकोछु र हिंडिरहनेछु आमा।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तिमी हुँदा म तिम्रो दिलमा बाँचीरहेको हुन्थें, अब तिमी मेरो आँखाबाट यो संसार देख्नेछौ आमा। मेरो मुटुको ढुकढुकी बढ्दा ठान्नेछु तिम्रो स्वास पनि थपेर म जिईरहेछु आमा।

आमा, तिमी मेरो जीवनमा रूपान्तरण भएर जीवित छौ, म तिम्रै प्रतिछाँया हूँ। आमा, तिम्रो देहको अवसानको शोकमा मन गह्रुंगो हुँदै गर्दा म तिम्रो झण्डै सताब्दी नजिक पुगेर भोगेको सार्थक जीवनको जयगान गर्न चाहन्छु। तिम्रो सादगी, निश्वार्थ एवं समर्पणपूर्ण जीवनगाथाको म शंखघोष गर्न चाहन्छु।

तिमीले दिएको अजम्बरी माया, को खा को खा गर्दै तिमीले म थोते हुँदा आफ्नै मुखबाट परेवा र ढुकुरले झैं खुवाएको म बचेरो आज तिम्रै संजिवनीले जीवित छु र त्यसैले तिम्रो अजम्बरी जीवनगाथाको उत्सव मनाउन चाहन्छु।

आमा, तिमी महान हौ, तिम्रो करूणाको पूजा म हरदम जीवनपर्यन्त गरिरहनेछु।

सबै प्रियजनहरूलाई यहाँहरूको प्रार्थना, प्रेम र आशिर्वादको लागि म र हाम्रो परिवार हार्दिक आभारी छौं।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com