नागरिकलाई स्वदेश आउन नदिने अलोकतन्त्रिक , निरङ्कुस रअत्याचारपूर्ण काम बन्द गरियोस् : भीम रावल


प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार

विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउनुभन्दा पहिले स्वास्थ्य पूर्वाधार चुस्त राख्न सांसदहरुले सरकारसँग माग गरेका छन् । कोरोना भाइरसका कारण लाखौ नेपाल स्वदेश फर्किन चाहेको अवस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सांसदहरुले माग गरेका हुन् ।

संसद अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा सांसदहरुले भारतीय सीमा क्षेत्रमा डेढ महिना देखि नागरिकहरु बसिरहेको भएपनि सरकारले प्रवेश निषेध गरेको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।

सांसद माधवकुमार नेपालले स्वदेश फर्किन चाहाने विदेशमा रहेका नेपाली नागरिकलाई ल्याउनुपर्ने बतए । लामो समय क्वारेन्टाइनमा बसिसकेका तर अहिले समस्या रहेका र विभिन्न प्रयोजनमा रहेका नागरिकहरुलाई नेपाल ल्याउन सकिए राम्रो हुने उनको भनाई छ ।

सांसद भीम रावलले सीमा क्षेत्रमा अलपत्र नागरिकलाई नेपाल ल्याउन नसक्नु अलोकतन्त्रिक र निरङ्कुस चरित्र भएको भएको बताए । डेढ महिनासम्म सीमा क्षेत्रमा रहेका नागरिकहरुको स्वास्थ्य जाँच गरी नेपाल ल्याउनुपर्ने उनले बताए । उनले भने, ‘‘सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई के कारणले रोक्नुप¥यो ? यस्तो खालको अन्तर्राष्ट्रिय मर्यादा विपरितको काम बन्द गरियोस । भारतमा रहेका व्यक्तिहरुलाई त्यतीकै ल्याउनुहोस् भनेर कसैले भनेको छैन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुन व्यक्तिमा संक्रमण छैन त्यसलाई ल्याउनुहोस् । यहाँ ल्याएर कति दिन क्वारेन्टाइनमा राख्नुपर्ने हो राख्नुहोस् । अन्य देशले ग्रिन कार्ड र पिआर भएका व्यक्तिलाई पनि आफ्नो देश फर्काइरहेका छन् भने हाम्रो देशले ४५ दिनसम्म आफ्ना नागरिक ल्याउन नसक्नु निरङ्कुस र अलोकतान्त्रिक चरित्र हो ।’’

सांसद पुष्पा भूसालले रेमिट्यान्सबाट तलब भत्ता खाने तर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न नसक्ने भन्दै प्रश्न गरिन् । स्वदेश फर्किन चाहाने नागरिकहरुलाई सुरक्षित रुपमा भित्र्याउन सरकारी पूँजी खर्च गर्न सरकार हुनुपर्ने उनको भनाई छ । उनले भनिन्, ‘‘हामी विदेशी रेमिट्यान्सबाट तलब, भत्ता खाने तर तिनै नागरिकहरुलाई नेपाल भित्र्याउन नसक्ने ? उनीहरुलाई सुरक्षीत नेपाल भित्र्याउन सरकारी पूँजीलाई स्वास्थ्य क्षेत्रमा खर्च गर्न सरकार तयार छ की छैन ? ’’

सांसद दिव्यमणि राजभण्डारीले विदेशमा रगत पसिना बगाएर रेमिट्यान्स पठाउने नागरिकलाई स्वदेश ल्याउन नसक्ने के सरकार भन्दै प्रश्न गरे । उनले भने, ‘‘द्वन्दका कारण वर्षौसम्म हामी रेमिट्यान्समा बाँचिरहेका छौँ । त्यही हाम्रा दाजुभाइ दिदी बहिनीले रगत, पसिना बगाएर कमाएको पैसाबाट बाँचिरहेका छौँ । उनीहरुलाई नेपाल आउने व्यवस्था गर्न नसक्ने के सरकार ? जनपक्ष र समाजवादको कुरा गर्ने तर आवश्यकता परेको बेला जनतालाई सेवा दिन नसक्ने के सरकार ?’’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अहिले ४ लाखभन्दा बढी नागरिकले स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन् । समिति बैठकमा मन्त्रालय प्रस्तुत गरेको प्रतिवेदनमा ४ लाख ७ हजार नागरिक नेपाल फर्किन सक्ने आंकलन गरिएको छ ।

कोरोनाका कारण रोजगारी गुमाएका २ लाख ८ हजार र भिसा म्याद सकिएको र आममाफी पाएका १ लाख २७ हजार नागरिक नेपाल फर्किन चाहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com