रक्सीका लागि भारतमा १.५ किलोमिटरको लाइन, भीड नियन्त्रण गर्न प्रहरीद्वारा लाठीचार्ज


प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा मदिरा किन्नको लागि १.५ किलोमिटरसम्मको लाइन लागेको छ । तेस्रो चरणको लकडाउनमा रहेको भारतको केन्द्र सरकारले मदिरा पसल खोल्न अनुमति दिएसँगै मदिरा किन्नेको लाइन लागेको हो ।

भारतका धेरै राज्यहरुमा मदिरा पसल अगाडी धेरै किलोमिटरसम्मको लामा लामा लाइन देखिएको छ । मदिरा पसल खुल्ने जानकारी पाएका धेरै मानिस बिहानैदेखि पसल बाहिर जम्मा हुन थालेका थिए ।

केन्द्रीय गृह मन्त्रालयले यस अवधिमा सामाजिक दूरीलाई पूर्णरुपमा ध्यान दिन पनि निर्देशन दिएको छ । यद्यपी यसको प्रभाव खासै देखिएको छैन र मानिसहरुले सरकारी आदेशको खिल्ली उडाएका छन् । र, यसको चौतफी आलोचना पनि भएको छ । लाइन लामो र भिडभाड भएसँगै प्रहरीले धेरै राज्यमा लाठीचार्ज नै गर्नुपरेको छ भने नयाँ दिल्लीमा केही समय पसल खोलेर बन्द नै गर्नुपरेको छ ।

भिड नियन्त्रण गर्न दिल्लीमा लाठीचार्ज
अन्य राज्यहरुमा जस्तै सोमबार दिल्लीमा मदिरा पसल खुलेका छन् र त्यहाँ अराजकताको वातावरण बनेपछि प्रहरीले लाठीचार्ज गरेको छ । मदिरा पसल अगाडी लाइन लागेका कोहीले पनि शारीरिक दुरी कायम गरेका थिएनन र भीड बढ्न थाले पछि प्रहरीले लाठीचार्ज नै गर्नुपरेको थियो । यसैबीच, भिड बढेसँगै दिल्ली पुलिसले मदिराका केही पसलहरु बन्द नै गर्नुपरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मदिरा पसल खोल्नु अघि पूजा
कोरोनाभाइरस संक्रमणलाई रोक्न मार्च २४ देखि लकडाउन भएपनि सोमबारदेखि सरकारले शर्तसहित मदिरा पसल भने खोल्ने अनुमति दिएको थियो । करिव ४० दिनपछि मदिरा पसल खुल्दा ठूलो प्रभाव देखियो ।

पसल खुल्ने जानकारी पाएका मानिसहरु पसल खुल्नु अगाडि नै जम्मा भएर लाइन लागेका थिए । धेरै स्थानमा शारीरिक र सामाजिक दुरी कायम गर्न सरकारले गरेको आदेशको धज्जी नै उडेको देखियो । त्यसैगरी, लामो समयपछि मदिरा पसल खुल्ने भएपछि प्रयागराजमा पसलहरु खोल्नु अघि पुजाआजा गरि नरिवल चढाइएको थियो ।

सरकारी निर्देशनको पालना गराउन प्रहरीलाई हम्मेहम्मे
भरत सरकारले जारी गरेको नयाँ गाइडलाइनअनुसार रायपुरको मोवा क्षेत्रमा मदिरको पसल खुल्यो । उक्त क्षेत्रमा मदिरा खरिद गर्नेहरुको लामो लाइन लागेको थियो । यस क्षेत्रमा पनि पुलिसलाई भिड नियन्त्रण गर्न र शारीरिक दुरी कायम गरी लाइनमा मानिसहरुलाई राख्न हम्मेहम्मे परेको थियो ।

उता आन्द्र प्रदेशमा पनि मदिरा पसल अगाडी ठूलो भिड जम्मा भएको थियो । त्यसैगरी, कर्नाटकमा पनि सरकारले बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म मदिरा पसल खोल्ने अनुमति दिएको छ । मदिरा पसल खुल्ने अनुमति दिए पनि बार, पव तथा रेष्टुरेन्टहरु भने बन्द नै रहनेछन् ।

भारत सरकारले लकडाउन अवधि बढाएर मे १७ सम्म पुर्याएको छ । लकडाउनमा सरकारले नियमहरु लागु गर्न स्पष्ट निर्देशन दिएको छ । पसलहरुमा सामाजिक दुरीका नियमहरु कायम गर्न अनिवार्य गरेको छ । केन्द्र सरकारले लागु गरेको नियमको पालना गरी पसल विहान ९ बजे देखि साँझ ७ बजेसम्म खोल्ने अनुमति दिएको हो ।

यो न्यूज जागरन डट कमबाट साभार गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com