ग्रिन जोनको लकडाउन हटाउने, अन्तराष्ट्रिय उडान साउन मसान्तसम्म बन्द गर्न प्रस्ताव


प्रकाशित मिति : बैशाख २१, २०७७ आईतबार

नेपाल सरकारले जारी लकडाउनलाई थप व्यवस्थित गर्दै जोखिम कम भएको क्षेत्रमा खुकुलो पार्ने गरी रणनीति तयार पारेको छ । लकडाउन खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले ‘कोभिड–१९ बहिर्गमन’ रणनीति तयार पारेको हो । कोरोनाको सम्भावित महामारी कम गर्न ४१ दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको अवस्थालाई मध्यजनर गर्दै सरकारले लकडाउनको स्वरुप फर्ने गरी कार्ययोजना बनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको कार्ययोजनामा लकडाउनका कारण मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गरिएको छ ।

उक्त रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोहीअनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो । सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि यहि २५ गते सकिदैछ । जसलाई मध्यजनर गर्दै अब लकडाउनको स्वरुप फेर्ने तयारी सरकारले गरेको छ । जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेंलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन)मा विभाजन गरिनेछ ।

विभाजन गरिएपछि संक्रमण नियन्त्रणमा रहेको क्षेत्रलाई ग्रिन जोनमा राखिनेछ र ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिनेछ । यस्तै संक्रमण नियन्त्रण उन्मुख रहेका जिल्ला तथा क्षेत्रलाई एल्लो जोनमा राखिनेछ र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला राखिनेछ । संक्रमण नियन्त्रण बाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ र कृषिबाहेक अन्य सबै क्रियाकलाप बन्द गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्ययोजना अनुसार लामो समयसम्म लकडाउन जारी राखिने रेड जोनमा अत्यावश्यक खाद्यान्न आपूर्ति गर्ने तथा राहत आवश्यक पर्ने परिवारका लागि राहत दिने व्यवस्था सरकारले मिलाउनेछ । २५ वैशाखपछि जोनअनुसार गर्नेबारे सरकारले छलफल जारी राखेको छ ।

वैशाख २५ गतेपछि लकडाउन खुकुलो पार्ने तयारी गरिए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय उडान र सीमानाका अझै साढे तीन महिनासम्म बन्द राख्न सुझाव दिने तयारी गरेको छ ।

लकडाउन डेढ माहिनातिर लम्किँदै गर्दा यसका सम्भावित विकल्पबारे मन्त्रालयले छलफल सुरु गरेको हो । मुख्यसचिव नेतृत्वको कोभिड(१९ निर्देशक समितिले लकडाउनको मोडालिटीबारे खाका प्रस्तुत गर्न निर्देशन दिएपछि मन्त्रालयले विज्ञहरुसँग छलफल गरी सीमानाका र अन्तराष्ट्रिय उडान साउन मसान्तसम्म बन्द गर्न प्रस्तावसहितको सुझाव तयार पारेको हो ।

लकडाउनसम्बन्धी राष्ट्रिय रणनीतिलाई सूचित गर्न बनेको स्वास्थ्य क्षेत्रको स्थितिपत्र पहिलो मस्यौदामा अन्तर्राष्ट्रिय उडान र सीमानाका साउन मसान्तसम्म बन्द गर्नुपर्ने उल्लेख गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com