कोभिड १९ बिरुद्धका ९५ प्रकारका भ्याक्सिन विकाशका क्रममा, कहिले तयार होला त ?


प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार

तपाईले कोभिड १९ का भ्याक्सिन परीक्षण भइरहेका समाचारहरु त सुन्नु भएकै होला । यदि सुन्नुभएको छ भने तपाईले सही सुन्नुभयो । अहिलेसम्म कोभिड १९ सम्बन्धित ९५ प्रकारका भ्याक्सिनहरु विकाशका क्रममा छन् । र, केहीको परीक्षण पनि सुरु गरिएको छ ।

अमेरिकामा कोभिड १९ बिरुद्धको भ्याक्सिनको पहिलो परीक्षण मार्चको दोश्रो साता गरिएको हो । त्यो यता ९५ प्रकारका भ्याक्सिनहरु विकाशको क्रममा छन् भने केहीको परीक्षण पनि सुरु गरिएको छ । त्यस्तै २५४ थेरापीहरु पनि विकाशको क्रममा छन् ।

अहिले भ्याक्सिनहरुको परीक्षण भएपनि यो वितरणसम्म आइपुग्दा १२ देखि १८ महिनासम्म लाग्नसक्ने बताइएको छ । तर अधिकांश क्लीनिकल परीक्षणहरु सफल हुन मुस्किल हुने भएकाले उक्त समयअवधिमा पनि भ्याक्सिन आउनेमा आशंका रहेको छ । किनभने शोधकर्ताहरुलाई रकम जुटाउन, स्वीकृति पाउन र भागभागमा अध्ययनका लागि बर्षौसम्म लाग्ने गरेको छ ।

अहिलेसम्म विकाश गरिदै गरेका भ्याक्सिन र थेरापीको सुची हेर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१८ महिनाभित्र भ्याक्सिन उत्पादनको टाइमफ्रेम बनाउने हो भने दौडमा सकेजति घोंडाहरुलाई राख्नुपर्ने बताउँछन् डाक्टर पिटर होजेज । उनी बेलोर कलेज अफ मेडिसिनमा नेशनल स्कुल अफ ट्रपिकल मेडिसिनका डिन हुन् । अहिलेसम्म एफडीएले सम्पूर्ण औषधी परीक्षमा जम्मा १० प्रतिशतलाईमात्र स्वीकृति दिने गरेको छ, बाँकी ९० प्रतिशत असफल हुने गरेका छन् ।

दशकौंदेखि भ्याक्सिन उद्योगमा काम गरेर सेल बायोलोजिस्ट रोबर्ट भ्यान एक्जनले सन् २०२१ वा २०२२ भन्दा अगाडि भ्याक्सिन स्वीकृत हुननसक्ने बताउँछन् । तेज दौडका कारण अहिले परीक्षणमा रहेका अधिकांश भ्याक्सिनहरु असफल हुने अनुमान गर्छन् उनी ।

एउटा फ्रेन्च बायोफार्माच्युटिकल कम्पनी सानोफीले अबको केही महिनामा कोभिड १९ बिरुद्धको भ्याक्सिन परीक्षण गर्ने अपेक्षा गरिएको छ । सफल भएमा यो भ्याक्सिन सन् २०२१ को अन्त्यसम्ममा तयार हुनसक्ने बताइएको छ ।

पहिलो चरणमा सानो समुहमा भ्याक्सिनको परीक्षण गरिन्छ । त्यसको नतिजा आउन केही महिना लाग्छ । त्यसपछि दोश्रो चरणमा केही सय व्यक्तिमा परीक्षण गरिन्छ । केही महिनामा नतिजा हेरेपछि केही हजारमा परीक्षण गरिन्छ । त्यसपछिमात्र स्वीकृतिका लागि अरु चरणहरु पूरा गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com