सफल उपचारले ल्याएको खुशीको सीमा छैन : डा पोखरेल


प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार

:jf:YosdL{ afun’ª, !% j}zfv M wjnflul/ c~rn c:ktfn afun’ªdf ;fjwfgL ckgfP/ sfd ub}{ :jf:YosdL{ . sf]/f]gf efO/; ;ªqmldt b’O{ hgf ;f] c:ktfndf pkrf/ u/fO{ 3/ kmls{;s]sf 5g . t:jL/ M /fdaxfb’/ yfkf÷ /f;;

“कहिलेकाहीँ लाग्छ चिकित्सक पेशा जस कम र अपजस बढी हुने पेशा हो । सन्तुिष्टका पल भेटिन्छन् । पेशाप्रति जिम्मेवार भएर लागिरहँदा जुन सफलता मिल्छ त्यसले अपजसमा अल्झिन दिदैँन ।” यी अनुभूति धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ट डा शैलेन्द्र पोखरेलका हुन् ।

चिकित्सक पेशाको १५ वर्षीय दौडानमा उहाँले धेरैपल्ट हर्ष र विस्मातका परिवेशसँग ठोकिनुपरेको छ । बिरामीको उपचारमा मिल्ने सफलताले दिलाएको हर्ष र उपचार सम्भव नहुँदा आँखा अगाडि बिरामीले संसार छोडेका धेरै घटनाले उहाँलाई दुःखी बनाएको छ ।

उहाँलाई पछिल्लो पटकको मिलेको सन्तुष्टि भनेको कोराना सङ्क्रमित अंशु र मनकुमारीलाई निको बनाएर घर फर्काउँदाको हो । उहाँले भन्नुभयो,“चिकित्सक पेशा नै यस्तो हो जहाँ बिरामीलाई निको बनाएर जीवन दिनु र उहाँका परिवारमा खुशी दिनुसँग जोडिन्छ, त्यहीभित्रको आनन्दले पेशाप्रति सधैँ गर्व लाग्छ, पछिल्लो समय कोरोना भाइरसबाट बागलुङमा पनि दुई सङ्क्रमित देखिए, पर्याप्त पूर्वाधारविना नै उहाँहरुलाई भर्ना गरेर सफल उपचारपछि घर फर्काउन सफल हुँदाको पलले सन्तुष्ट मिलेको छ ।”

डा पोखरेलले त्यो क्षण सम्झदै भन्नुभयो, “चैत १५ गते बागलुङ नगरपालिका वडा नं ४ कि अंशुको स्वाबको परीक्षण पोजेटिभ आयो । धौलागिरि अस्पताल कोरोनाको ‘डेडिकेटेट’ अस्पताल थिएन, आवश्यक उपकरण पनि थिएन, सबैभन्दा पहिले आवश्यक पिपिई पनि हामीसँग थिएन, एकछिन त के गराँै, कसो गरौँ भयो । प्रमुख जिल्ला अधिकारीलगायतसँग बैठक बस्यौँ, पोखरा, काठमाडौँका चिकित्सकसँग सल्लाह पनि ग¥याँै, उहाँहरुले सकेसम्म उत्तै उपचार गरे हुन्थ्यो भन्ने आशय व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धेरै नै ढिला हुने जस्तो भएपछि मैले बागलुङमै भर्ना गर्ने निर्णय गरें, जोखिम मोेलेर जुन कदम चालियो अन्ततः सफल भयो”, उहाँले भन्नुभयो, “तत्कालको निर्णयले पनि सबै राम्रो भयो, बागलुङ जिल्ला अहिले ग्रिन जोनमा पर्न सफल भएकामा खुशी लागेको छ ।” उहाँले अंशु भर्नापछि मात्र प्रदेश सरकार र सङ्घीय सरकारबाट पिपिई आएको जानकारी दिनुभयो ।

“हामीसँग पिपिईसमेत थिएन, स्थानीय स्रोत साधनको उपयोग गरेर बनाएका केही थान पिपिई थिए तर कोरोनाको लागि भरपर्दो थिएनन् । अंशुको अस्पतालको आइसोलेशन उपचाररत रहिरहँदा बागलुङकै ६५ वर्षीय महिलामा पनि सङ्क्रमण देखियो, उहाँलाई पनि हामीले अस्पतालमा भर्ना ग¥र्यौं, दैनिक डाक्टर, नर्स र सहयोगीले उहाँहरुको स्वास्थ्य निगरानीमा खटिनुभयो ।” डा पोखरेलले भन्नुभयो, “यो सफलतामा डा प्रदीप श्रेष्ठ, डा मछिन्द्र लामिछाने, डा पुजन बल्ल, डा मिलन श्रेष्ठ, डा दीपक मगराँतीलगायत अन्य डाक्टर, नर्स र सहयोगी सबैको उत्तिकै योगदान छ ।”

उपचारका क्रममा अंशुमा त्यस्तो स्वास्थ्य समस्या नदेखिएको तर मनकुमारीले भने नियमित दमको औषधि सेवन गर्दै आउनुभएको र अस्पताल आएपछि उच्च रक्तचापको समस्या देखिएको बताउनुभयो । “उहाँले शुरुमा रक्तचापको औषधि खान मान्नुभएन, हामीले विशेष अनुरोध गरेर सम्झाएपछि बल्ला औषधि सेवन गर्नुभयो र विस्तारै उहाँको अवस्था सामान्य हुँदै आयो ।”

उपचारमा मनोचिकित्सक धीरेन्द्र पौडेलको भूमिका पनि महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । “मनोपरामर्शबाट पनि उहाँहरुको आत्मबल बढाउन सक्रिय रह्यौँ चिकित्सक एवं स्वास्थ्यकर्मीको आग्रहलाई उहाँहरुले पनि पूर्ण पालना गर्नुभयो । यसले हामीलाई पनि सहज बनायो र उहाँहरुको स्वास्थ्यलाभ हुँदै गयो ।” “चैत १५ गते भर्ना गरिएकी अंशुभन्दा चैत २० गते भर्ना हुनुभएको मनकुमारी १७ दिनमा कोरोना नेगेटिभ आयो तर अंशुमा पोजेटिभ देखियो यसले अंशुमा असर पर्छ कि भनेर हामीले विशेष सतर्कता अपनाएर, मनोचिकित्सकसहितको टोली मनोपरामर्शमा जुट्याँै ।” अन्ततः पाँचौँ पटकमा नेगेटिभ आयो र छैठौँ पटक पनि नेगेटिभ आएपछि उहाँ पनि घर जानुभयो ।
चिकित्सक पोखरेलले रोग प्रतिरोधात्मक क्षमताकै कारण एकको छिटो र अर्कोको ढिलो नेगेटिभ रिपोर्ट आएको जानकारी दिनुभयो ।

“रोग प्रतिरोधात्मक क्षमताले नतिजा एकको छिटो र अर्को को ढिला आएको हो, उहाँहरुलाई हामीले अझै पनि होम आइसोलेशनमा बस्न आग्रह गरेका छाँै । धेरैले पुनःसङ्क्रमण हुने, नहुनेबारेमा जिज्ञासा पनि राख्नुभएको छ, पूर्णरुपमा हामीले सङ्क्रमण हुँदैन भन्न त सक्दैनौँ, तर हुने सम्भावनका निकै न्यून हुन्छ ।”उहाँले भन्नुभयो । धौलागिरि अस्पतालमा अहिले भेन्टिलेटरसहित सघन उपचार कक्षको काम पनि अघि बढेकाले अब अन्य बिरामीका लागि पनि विशेष सेवा दिन सक्षम रहेको जनाइएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धौलागिरि अस्पतालका मेसु गोरखा दक्षिण बाहुको दाबेदार भएको बताउनुुभएको छ । उहाँले पोखराका पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “बागलुङमा कोरोना सङ्क्रमण देखिएपछि मै हुँ, भन्ने डाक्टर पनि डराए तर, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले भने बागलुङमै भर्ना गरेर उपचार गर्छु”, उहाँले भन्नुभयो, “बागलुङका डाक्टर, नर्स विशेष धन्यवादको पात्र हुनुहुन्छ, डा शैलेन्द्र, प्रदीप श्रेष्ठ, नर्स दिदीबहिनी र चिकित्सक सबैलाई म धन्यवाद दिन चाहन्छु, उहाँहरुले आँट देखाउनुभयो र उपचार सम्भव भयो ।”

उहाँले प्रशन्न हुँदै भन्नुभयो, “अहिले गोदबा (गोरखा दक्षिण बाहु) पाउने स्थिति भएको भए त गोदबा प्रथम पाउने डा पोखरेल हुनुहुन्छ । ” मुख्यमन्त्री गुरुङले बागलुङका दुई सङ्क्रमित निको भएपछि गण्डकी प्रदेश तत्काल कोरोनाको रेड जोनबाट ग्रिन जोनमा पुगेको तर अझै सतर्कता भने आवश्यक रहेकामा जोड दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com