अमेरिकामा ८८ मिलियनका खातामा १२ सय डलरको डिपोजिट, बाँकीले आगामी साता पाउने


प्रकाशित मिति : बैशाख १३, २०७७ शनिबार

अमेरिकी सरकारले ८८ मिलियन अमेरिकी करदाताहरुका खातामा कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटसँग जुध्न राहत रकम पठाएको छ । बार्षिक ७५ हजारभन्दा कम आम्दानी हुने एकलले १२ सय डलर र डेढलाख भन्दा कम आम्दानी हुने दम्पत्तिले २४ सय डलर प्राप्त गरेका छन् ।

राहत रकम प्राप्त नगरेकाहरुले साप्ताहिक रुपमा उक्त रकम प्राप्त गर्ने आईआरएसले जनाएको छ । आईआरएसलाई प्रत्यक्ष डिपोजिटका लागि बैंक खाता नदिएकाहरुले अनलाइनमार्फत बैंक खाता उपलब्ध गराउन सक्नेछन् भने कम आम्दानी भएका कारण ट्याक्स फाइल नगरेकाहरुले तथा सन् २०१९ को अन्त्यतिर अमेरिकामा ग्रिनकार्डमा आएकाहरुले नन फाइलर्समा आफ्नो विवरण बुझाउन सक्नेछन् ।

बैंक एकाउन्ट उपलब्ध नगराएकाहरुलाई आईआरएसले मेको पहिलोसाताबाट चेक पठाउन सुरु गर्ने जनाइएको छ । तर करदाताहरुलाई छिटो रकम प्राप्त गर्नका लागि बैंक खाता उपलब्ध गराउन प्रेरित गरिएको छ । करदाताले विगतमा रिफण्ड प्राप्त गरेको छैन भने करदाताले करतिरेको बैंक खाता आईआरएसको डाइरेक्ट डिपोजिट अप्सनमा हुँदैन, करदाताले अनलाइनमार्फत विवरण बुझाउनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जसजसले रकम पाएका छैनन्, उनीहरुले  गेट माई पेमेन्ट नामको यो टुलमा क्लीक गरिसकेपछि करदाताले आफूले प्राप्त गर्ने रकमको अवस्थाबारे जानकारी पाउन सक्नेछन् ।

खासगरी यो लिंकमा क्लिक गरेर आफ्नो विवरण दिएपछि चार प्रकारका सन्देशहरु तपाईले पाउनुहुनेछ । पहिलो, यदि तपाईको बैंक खातामा आईआरएसले रकम पठाइसकेको छ वा पठाउने तय गरेको छ भने बैंक खाताको अन्तिम ४ नम्बरसहित कहिले पठाएको हो वा पठाउने तय भएको छ उक्त विवरण तपाईले पाउनुहुनेछ ।

दोश्रो, तपाई योग्य भएको तर तपाईलाई रकम पठाउने प्रकृया पूरा गर्न बाँकी रहेको तथा रकम पठाउने मिति तय नभइसकेको सन्देश पाउनुहुनेछ । यदि यस्तो सन्देश पाउनुभयो भने दिनमा पटकपटक अनलाइनमा गएर चेक नगर्नुहोला । किनभने आईआरएसले यो विवरण २४ घण्टामा एकपटकमात्र अपडेट गर्ने भएकाले २४ घण्टापछिमात्र चेक गर्नुहोला ।

राहत रकम ट्रयाक गर्न वा खाता नम्बर दिनका लागि यहाँ क्लिक गर्नुहोला ।

तेश्रो, थप जानकारी आवश्यक भएको सुचना देख्न सक्नुहुनेछ । जस अन्तरगत तपाई योग्य भएको तर तपाईलाई कुन बैंकमा रकम पठाउने भन्ने विवरण आईआरएससँग नभएको उल्लेख गरिएको हुन्छ । यसो भएमा तपाईले बैंकको विवरण उल्लेख गर्ने विकल्प पाउनुहुनेछ । बैंकको विवरण उल्लेख गरिसकेपछि तपाईले शीघ्र रकम प्राप्त गर्नुहुनेछ । तपाईले बैंक एकाउन्ट उपलब्ध गराउनुभएन भने आईआरएसको फाइलमा रहेको तपाईको पछिल्लो ठेगानामा मेको पहिलो सातापछि आईआरएसले चेक पठाउनेछ ।

याद गर्नुहोस्, यदि तपाईले आईआरएसलाई आफ्नो बैंक एकाउन्टबाट इलेक्ट्रोनिक रुपमा कर दाखिला गर्नुभएको थियो भने आईआरएसले अटोमेटिक रुपमा नै उक्त एकाउन्ट तपाईलाई राहत रकम पठाउनका लागि प्रयोग गर्दैन । तपाईले गेट माइ पेमेन्ट टुलमा गएर डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्ट दिनुपर्नेहुन्छ ।

चौथो, पेमेन्ट स्टाटस उपलब्ध नभएको सुचना पाउनुहुनेछ । यो सुचनामा आईआरएसले तपाइको योग्यता निर्धारण गर्न नसकेको उल्लेख गरेको हुन्छ । तपाईले सन् २०१८ मा वा सन् २०१९ मा ट्याक्स फाइल गर्नुभएको थिएन भने यस्तो हुनसक्छ । साथै तपाईले हालै सन् २०१९ को ट्याक्स फाइल गर्नुभएको छ तर आईआरएसले त्यसलाई सम्पूर्ण रुपमा प्रकृया पूरा गरिसकेको छैन भने पनि यो सुचना प्राप्त गर्न सक्नुहुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com