महामारी नियन्त्रण गर्न परीक्षणमा तीव्रता र मानिसबीचको सम्पर्क रोक्नुपर्छ :  विश्व स्वास्थ्य सङ्गठन


प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि परीक्षणलाई तीव्रता दिनुपर्ने र मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नुपर्ने बताएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले माहामारी तीव्र गतिमा फैलिरहेको भन्दै सबै देशले अहिले गरिरहेको काममा थप प्रयास गरेमा नियन्त्रण लिन सम्भव हुने बताएका हुन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या पहिलो एक लाख पुग्न ६७ दिन लागेकोमा दोस्रो एक लाख ११ दिनमा पुगेको थियो । तर अर्को चार दिनमा नै तेस्रो लाख पुगेको भन्दै महानिर्देशक गेबेरियससले अब देशहरुले रणनीति परिवर्तन गर्दै परीक्षणलाई तीव्रता नदिए र मानिसबीचको सम्पर्कमा कडाइ नगरेमा माहामारी गम्भीर बन्ने चेतावनी समेत दिए ।

एक सय ९५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म तीन लाख ७८ हजार सात सय जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमतिमध्ये एक लाख एक हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने १६ हजार चार सय ९५ जनाको ज्यान गैसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com