चितवन भरतपुरका ४० बर्षीय अर्यालको बेलायतमा निधन
चितवन भरतपुरका ४० बर्षीय प्रशान्त अर्यालको बेलायतमा निधन भएको छ । बेलायतको साउथ ईस्ट पलमस्टेट बसोवास गर्दै आएका अर्यालको गए राती निधन भएको हो ।
घरको बाथरुममा लडेर बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो । क्विन एलिजावेथ हस्पिटलमा उनको निधन भएको हो । हृदयघातबाट मृत्यु भएको प्रारम्भिक अनुमान गरिएपनि पुष्टी भने भइसकेको छैन ।
यसैबीच बेलायतको नटिंघम निवासी एनआरएन अभियन्ता तथा सामाजिक व्यक्तित्व रणबहादुर केसीले अर्यालको असमायिक निधनको खबरले अत्यन्त दुखी र मर्माहत भएको बताउनुभएको छ । उहाँले स्वर्गीय अर्यालप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।





