कोरोनाले छाएको शून्यता


प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार

सवारी साधन र पैदल यात्रीहरुको घुइँचो रहने लन्डनको मुटु टावर ब्रीज, लन्डन आई, पार्लियामेन्ट भवन सेरोफेरोमा शून्यता संगै मौनता छाएको छ । सडकको एकापट्टीबाट अर्कोतर्फ देख्न नसकिने सवारी साधनको चाप रहने सडकमा अहिले पैदलयात्रीहरु निर्धक्क बाटो काटिरहेका देख्न सकिन्छ ।

पार्लियामेन्ट भवन अगाडीको जेब्राक्रसिङ अहिले कुनै ग्रामीण क्षेत्रको सामान्य ट्राफिक लाईट जस्तो शान्त बन्न पुगेको छ । राति अबेरसम्म भीड लाग्ने यहाँका गगनचुम्बी भवनहरुमा रहेका होटल, बार तथा मनोरन्जनका स्थानहरु मौनता छ ।

वाटरलू रेल्वे स्टेशनमा हुने हजारौंको भीड सामान्य सपिङ सेन्टरमा हुने भीड जस्तो छ । सार्वजनिक यातायातका साधनहरुको प्रयोग गर्नेहरुको संख्यामा ह्रास आउँदै गएको छ । खाद्यान्न लगायत दैनिक जीवनयापनका सामनहरुको लागि सुपरमार्केटहरुमा मानिसको घुइँचो बढ्ने मात्र हैन आवश्यक सामान पाउन समेत मुस्किल छ । प्रायजसो सुपरमार्केटहरुमा खाध्य सामग्रीहरुको अभाव देखिन थालेको छ भने कतिपय स्थानहरुमा सिमित संख्यामा सामान किन्न पाउने नियम लागू भैसकेको छ ।

बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरिज समेत कोरानाको भाइरसबाट आछुत्तो रहन सकिनन् । दशौँ हजारको संख्यामा बेलायातवासीहरु प्रभावित भएको हुनसक्ने बताइए पनि यो समाचार तयार पार्दासम्म ११ जनाको मृत्यु भइसकेको छ भने ८२० जना कोरोनाबाट संक्रमित भएको रास्ट्रिय स्वास्थ्य सेवा (एन्एचएस) ले जानकारी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको रोकथाम र नियन्त्रणका लागि बेलायत सरकारले निकै गम्भीरताका साथ् लिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले तत्कालै कोब्रा मिटिंग बोलाएर कोरोनाको रोकथाम र यसको नियन्त्रणको लागि आवश्यक कदम चाल्न निर्देशन् दिएका छन् ।

गत बुधबार बेलायती अर्थमन्त्री ऋषि सुनाकले कोरोना भाइरस नियन्त्रणका लागि १२ अर्बको बजेट छुट्याइएको घोषणा गरेका छन् । कोरोनाका कारण अर्थतन्त्रमा पर्न गएको प्रभावका कारण आर्थिक मन्दीको सामना गर्नुपर्ने निश्चित भैसकेको छ ।

बैंक अफ इंग्ल्याण्डले कोरोनाकै कारण ब्याजदरलाई ०।५ बाट घटाएर ०।२५ बनाएको छ । कोरोना नियन्त्रणका लागि साबुनपानीले कम्तिमा २० सेकेन्डसम्म हात मिचेर धुन र सार्वजनिक यातायात चढेपछि अनिवार्य हात धुनु जनस्वास्थ्य अभियान शुरु गरिएको छ ।

कामदारको सुविधालाई मध्यनजर गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले कुनै कामदार विरामी भएको खण्डमा पहिलो दिनदेखि नै तलब दिनुपर्ने बताएका छन् जबकि यस अघि बिरामी भएको चौथो दिनदेखिमात्र बिरामीले तलब पाउने प्रावधान थियो । कोरोनाकै कारण महत्वपूर्ण खेल सम्बन्धि कार्यक्रमहरु रद्द गरिएको छ । अर्को हप्ताबाट ठूला जमघट रोक्ने बारेमा पनि तयारी भैरहेको बीबीसीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com