अमेरिकामा एसाइलम गरेका नेपाली भारतहुँदै स्थलमार्गबाट नेपाल गएर आउन समस्या हुनसक्ने


प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार

अब अमेरिकामा एसाइलम गरेका नेपाली भारतहुँदै स्थलमार्गबाट नेपाल गएर आउनमा समस्या हुनसक्नेछ । उनीहरु काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर भने आउन सक्नेछन् । नेपाल जानका लागि रोक लाग्नेछैन तर नेपालबाट फर्केर आउँदा समस्या हुनसक्नेछ ।

नेपालीले सिधै भारतीय विमानस्थलबाट तेश्रो मुलुक उड्न नपाउने नियमले कस्लाई पार्छ असर ?

नेपाली नागरिकले नेपालबाट स्थलमार्ग हुँदै भारत प्रवेश गरी भारतीय विमानस्थलबाट तेश्रो मुलुक उड्न नपाउने नियम लागु भएकाले यसबाट अमेरिकामा एसाइलम गरेकाहरु प्रभावित हुने भएका छन् । त्यो बाहेक भारतसँग सिमा जोडिएका क्षेत्रका नेपालीहरुपनि विमानचढेर भारत जाने र त्यहाँबाट स्थलमार्गहुँदै घर जाने गरेकोमा अब उनीहरु पनि फर्केर आउँदा स्थलमार्गबाट भारतीय विमानस्थलमा आएको खण्डमा विमान चढेर तेश्रो मुलुक जान पाउने छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मध्यपूर्वका साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स लगायत ९ वटा देशहरुमा भारतीय विमानस्थल प्रयोग गरेर उड्नका लागि नेपाल सरकारले रोक लगाएको तर वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिको स्टीकर लगाएर आएका नेपालीहरुलाई दूतावासबाट जारी नो अब्जेक्सन लेटरबाट उड्न पाउनेछन् । तर अरु सबै देशहरुका हकमा राहदानीमा भारतीय अध्यागमनबाट भारत प्रवेश गरेको छाप लगाउनु अनिवार्य भएको दिल्ली स्थीत नेपाली दूतावासले जारी गरेको वक्तब्यमा जनाइएको छ ।

खुला सिमानाको दुरुपयोग गर्दै मानव तस्करी समेत हुनेगरेको भन्दै नेपाली नागरिकको प्रस्थान अनुमति सम्बन्धमा नेपालको अध्यागमन विभागले स्थलमार्गबाट भारत जाने नेपाली नागरिकको पासपोर्टमा प्रस्थान छाप नदिने र नलगाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइसकेकाले अब नेपाली पासपोर्टवाहकले स्थलमार्गबाट भारत गई भारतीय विमानस्थलको प्रयोग गरेर तेश्रो मुलुक जान नपाउने भएका छन् ।

स्थलमार्गबाट जाँदा नेपालको अध्यागमन कार्यालयले प्रस्थान छाप नलगाउने भएपछि उनीहरुको पासपोर्टमा भारतीय अध्यागमन विभागले समेत आगमन छाप नलगाउने भएको छ । जसका कारण उनीहरुलाई भारतीय विमानस्थलको प्रयोग गरी उड्न नदिइने भएको छ ।

नेपालबाट स्थलमार्ग प्रयोग गरी तेश्रो मुलुक उडान गर्न खोज्दा आइपर्ने समस्याबाट बच्नका लागि नेपाली नागरिकलाई काठमाडौंस्थीत अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न विशेष अनुरोध गरिएको छ ।

नो अब्जेक्सन लेटर केबल साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमन, बराइन, इराक, लिबिया र लेबनानका सन्र्दभमा मात्र श्रम स्वीकृति सहित जानेहरुका हकमा जारी हुनेछ । अरु सबैले तेश्रो मुलुक जाँदा नेपालकै विमानस्थल प्रयोग गर्नुपर्नेछ ।

भारतीय विमानस्थलमा अवतरण गरेर स्थलमार्गहुँदै नेपाल जाने र स्थलमार्ग हुँदै भारतीय विमानस्थलमा आएर अमेरिका आउने नेपालीहरु समेत ठूलो संख्यामा रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com