विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको मृत्यु


प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार

विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको मृत्यु भएको छ। उनको २८ वर्षको उमेरमा पोखरामा मृत्यु भएको हो । थापामगरको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

खगेन्द्र विश्वकै होचा व्यक्तिको रुपमा २०६७ असोजमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डसमा नाम लेखाउन सफल भएका थिए। उनले विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका चाइनाका पीङपीङको रेकर्ड तोड्दै ८ महिना विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका थिए।

स्वास्थ्यमा समस्या आएपछि पोखरामा मणिपाल शिक्षण अस्पतालमा बिहीबारदेखि उपचार गराइरहेका थापाको शुक्रबार दिउँसो मृत्यु भएको  हो । निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बागलुङको धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका थिए। २२ दशमलव ०४ इन्च उचाइ रहेका थापा १८ वर्षको उमेमा विश्व रेकर्ड कायम गरेका थिए।

खगेन्द्र पोखराको सिर्जनाचोकका बुवा रुपबहादुर थापा मगर र आमा धनमाया थापा मगरका साथ बस्दै आएका थिए। २०४९ असोज १८ गते जन्मेका थापा जन्मदा ६ सय ग्रामका मात्र थिए। उनको वजन ५.५ किलो ग्राम मात्र थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com