युएनका लागि न्युयोर्कको नेपाल मिसनका पूर्व स्थायी प्रतिनिधि मुरारीराज शर्माको निधन
प्रकाशित मिति : माघ १, २०७६ बुधबार
संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कका पूर्व स्थायी प्रतिनिधि तथा बेलायतका लागि पूर्वराजदूत मुरारीराज शर्मा अधिकारीको निधन भएको छ। उनको ६८ वर्षको उमेरमा मंगलबार बेलायतमा निधन भएको हो।
शर्मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा सन् २००८ को फेब्रुअरीमा बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका थिए।
पछि शर्माले कुटनीतिक मर्यादाविपरीत काम गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’का पालामा स्वदेश फिर्ता बोलाएको थियो।
स्वदेश फिर्ता बोलाएपछि शर्माले नेपालमा असुरक्षित रहेको भन्दै राजनीतिक शरणार्थीका लागि आवेदन दिएर बेलायतमै बसेका थिए।
उनी संयुक्त राष्ट्र महासंघको ५६ औं अधिवेशनको कार्यबाहक अध्यक्ष रहेका थिए।
त्यस्तै, नेपालबाट न्यूयोर्क संयुक्त राष्ट्र मिशनका लागि स्थायी प्रतिनिधिसमेत भएका थिए।






