न्युयोर्कमा गाडीको ठक्करबाट ज्यान गुमाएका नेपाली बालकको शनिबार अन्त्येष्टी गरिने


प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार

मंगलबार विहान न्युयोर्कको कोरोनामा फोहोर फ्याक्ने सरकारी गाडीको ठक्करबाट ज्यान गुमाएका १० बर्षका बालक श्री पन्थीको शनिबार अन्त्येष्टी गरिने भएको छ । शनिबार दिउसो साढे १ बजे फ्रेस पाउण्ड सिमेट्रीमा उनको अन्त्येष्टी गरिने भएको छ ।

अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थीत हुन चाहनेहरु विहान ११ बजे कोप्पोला मिग्लीओरे इन्क फ्युनेरल होममा पुग्न सक्ने जनाइएको छ । यो फ्युनेरल होम कोरोनाको १०४ स्ट्रीटको ४९०१ मा अवस्थीत छ ।

सामाजिक व्यक्तित्व पुरुषोत्तम पन्थी र मिना पौड्याल पन्थीका छोरा श्री पन्थीको मंगलबार विहान ५७ एभिन्यु कोरोनामा लेफ्राक सिटी अपार्टमेन्ट अगाडी फोहोर फ्याक्ने गाडीको ठक्करबाट निधन भएको थियो । ठक्कर लगत्तै स्थानीय अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

विभिन्न अतिरिक्त कृयाकलापमा रुची राख्ने श्री पन्थी बालकलाकार समेत थिए । उनले विभिन्न प्रतियोगिताहरुमा भाग लिनुका साथै पुरस्कारहरु समेत जितेका थिए । उनका पिता पुरुषोत्तम पन्थी केहीबर्ष अगाडि अमेरिका आएका थिए भने त्यसको केही बषएपछि स्वर्गीय श्री पन्थी आमा र दाजुसहित बुबासँग बस्न अमेरिका आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com