विरोधी कति दयनीय छन्, पानीमा जहाज चल्छ भन्ने पनि थाहा छैन : प्रधानमन्त्री


प्रकाशित मिति : पुस १२, २०७६ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताउनुभएको छ ।

प्रेस सङ्गठनद्वारा आयोजित ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असाधारण ढङ्गले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइ विवाद निम्त्याउन उद्दत रहेको छ भन्नुभयो ।

“छ वर्षभित्रमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग हुने विषयले केही मान्छेको मन पोल्न थालेको छ”, उहाँले भन्नुभयो, “मैले खोलाबाट आवागमन गर्न सक्छौँ भनेँ उडाए, समुद्रमा जहाज चलाउन सक्छौँ भनेँ उडाए, कति दयनीय अवस्थामा छन् विरोधी भने पानीमा जहाज चल्छ भन्ने पनि थाहा पाएका छैनन्, नदीमा स्टिमर र जहाज चल्छ भन्ने त थाहा पाउनुपर्छ नी ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एकथरी कागजको डुङ्गा बनाएर चलाइरहँदा अर्काेथरीले जहाज चलाएर देखाएको भन्दै उहाँले निजी क्षेत्रका युवाले आफैँ प्रेरित भएर नारायणीमा जहाजको परीक्षण गरिसकेकामा खुशी व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले ओलीले भन्नुभयो, “अब हामीकहाँ गङ्गाबाटै सामान आइपुग्छ, देख्न सक्नेले देख्छ, देख्न नसक्नेका लागि मजाक हुन्छ, आएपछि उनीहरु आश्चर्य चकित हुन्छन् ।”

मुलुकको प्रगति रफ्तारमा गइरहेको जिकिर गर्दै उहाँले छिट्टै फलाम खानीको काम अगाडि बढाउँदै तेलखानीको अध्ययन गर्न लागेको जानकारी दिनुभयो । मुलुक सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगिसकेको र कृषिको आधुनिकीकरणमा सरकारले ध्यान दिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले ठूला महत्वपूर्ण काम भइसक्दा पनि मुलुकमा विरोध गर्ने एउटा लहर नै चलेको भन्दै त्यसलाई रोकेर स्थायीत्वका पक्षमा दृढताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उपलब्धि जनतामाझ लानसमेत उहाँले सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरता, सुशासन, शान्ति सुव्यवस्था, आर्थिक उन्नतिका हिसाबले सरकारले असाधारण प्रयास गरेको बताउँदै सरकारको कामलाई ओझेलमा पारेर विभिन्न ढङ्गले भ्रम पैदा गर्ने प्रयास भइरहेकाले सचेत हुन सबैमा आग्रह गर्नुभयो ।

गोकर्ण रिसोर्टको भाडा थपिएको विषयमा कहिल्यै म्याद नथपिएको, अहिलेको सरकारले मात्रै म्याद थपिएको जसरी प्रचार गरिएको छ, त्यसमा आपत्ति जनाउँदै उहाँले स्वतन्त्र सङ्घसंस्थाबाट मूल्याङ्कन र विधि तय गरेर आकर्षक ढङ्गले सरकारलाई कर तिर्छ र प्रतिष्पर्धामा जान्छ भने त्यो भाडामा लिन नपाउने भन्ने नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले जमानामा किनेर लिएको जग्गा अहिलेको सरकारले गरेको भनेर भ्रम पैदा गर्ने काम नगर्न आग्रह गर्नुभयो ।

विगतमा चुनाव हारेर काम चलाउ भएको सरकारले ठूलाठूला कारोवार गरेको जिकिर गर्दै उहाँले तिनै तत्वले अनैतिक ढङ्गले जालझेल गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आर्थिक कारोवार गर्न नसकिने अवस्थाको सरकारबाट त्यस्ता काम भए पनि अहिलेको सरकारलाई सबै कुरा थाहा नहुने उल्लेख गर्दै त्यो बेला दिएको कालिमाटीको जग्गा पनि अहिलेको सरकारले दियो भनेर प्रचार भइरहेकामा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको सरकारले यस्ता गतिविधि गर्दैन, कसले ग¥यो त्यो छानविन गरौँ, कसरी दिइयो छानविन गरौँ, दरबार अगाडि घर बनाएको कसको समयमा हो, त्यो पनि छानविन गरौँ ।”

कोही भोको पर्दैन कोही भोकै मर्दैन

प्रधानमन्त्री ओलीले अब कोही भोकै नपर्ने र कोही भोकै नमर्ने दोहो¥याउनुभएको छ । जनताको सरकार भएकाले सडक मानव र बेसहारालाई जाडोमा कठ्याङ«ग्रिएर मर्न नदिने उहाँले दृढता व्यक्त गर्नुभयो । “अहिलेको सरकारले त्यो हुन दिँदैन, यो जनताको सरकारको हो, निमुखा जनताका पक्षमा सरकार छ, कोही भोको पर्दैन, कोही भोकै मर्दैन”, प्रधानमन्त्रीले भन्नुभयो ।

उहाँले ज्येष्ठ नागरिकका लागि एक लाखको स्वास्थ्य बीमा, हरेक नागरिकका लागि बैंक खाता अभियान चलाएकोसमेत जानकारी दिनुभयो । जाडोमा कोही पनि मर्न नपरोस् भनेर आवश्यक व्यवस्था गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले यसका लागि गत वर्षदेखि नै तयारी गरी स्थानीय प्रशासनलाई आवश्यक प्रबन्ध गरिएकाले गत वर्ष कोही पनि मर्न नपरेको दृष्टान्त प्रस्तुत गर्नुभयो । उहाँले युवालाई स्वदेशमा नै रोजगारी दिइन सकिने धारणा राख्नुभयो ।

“खेतीबारी बाँझो छन् । यहाँ केही गरे कमाउन सक्दछौँ । हाम्रो युवालाई बाटो नदेखाएर खेतबारी छोडेर भेडा चढाउन विदेश गएका छन्”, उहाँले भन्नुभयो, “यहाँ उनीहरुलाई सही बाटो दियाँै भने यही आम्दानी हुन्छ । प्राकृतिक स्रोत र मानवीय स्रोतलाई चलाउनु सक्नुपर्दछ ।” उहाँले सरकारले देश बनाउनका लागि असाधारण गति लिएको उल्लेख गर्दै दुनियामा कम्युनिष्ट आन्दोलन सकिएका बेला नेपालमा मजबुद भएको बताउनुभयो ।

केही मान्छे व्यक्तिगत कुण्ठाका कारण सरकारको आलोचना र विरोधबाहेक केही गर्न नसकेको उहाँको भनाइ थियो । हामी फराकिलो मनका साथ राष्ट्र निर्माण र समृद्धिको अभियानमा जुटेका भन्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई चीन, युरोप र भारतका नेताले पनि साथ दिएको बताउनुभयो ।

“समृद्ध नेपालको लक्ष्य र उद्देश्य प्राप्त गर्ने विधि र बाटो के हुन सक्दछन् भनेर अध्ययन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई साथ दिनका लागि सञ्चारकर्मीको सहयोग राष्ट्रले अपेक्षा गरेको छ ।” मुलुकमा फाटो ल्याउने, अराजकता फैलाउने, अनुशासनविरुद्ध, भ्रम फैलाउने जस्ता कुरामा विचार र कलमले लड्न सञ्चारकर्मीलाई आग्रहसमेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नीतिमा ठीक ढङ्गले देशलाई हाँकेका समेत बताउनुभयो । उहाँले प्रतिक्रान्तिलाई पराजित गरेकाले विरोधै गर्नुपर्ने नभएको समेत स्पष्ट पार्नुभयो । “प्रतिक्रियावादीलाई पराजित गरिएको छ । राजतन्त्रलाई फालिएको छ । संविधान बनाउन दिन्नभन्दा बनाइएको छ । नाकाबन्दी गर्दा हटाइएको छ । देशका विभिन्न नाका खोलिएका छन् । बाटो बनेका छन् । पेट्रोलियम पाइप विछ्याएका छौँ । रेल ल्याउँदैछौँ”, उहाँले भन्नुभयो, “यस्ता थुप्रा काम गरेका छौँ । सुधारका ठूला काम गर्दछौँ । विरोध गर्ने कारण के छ र ?”

डुङ्गा डुब्न दिदैनौँ

उहाँले एकतापछि बनेको पार्टी एउटा डुङ्गा भएकाले डुब्न नदिने बताउनुभयो । उहाँले पार्टी एक भएपछि सबै एउटा डुङ्गामा चढेकाले त्यसलाई कुनै हातलमा पनि डुब्न नदिएर एउटा गन्तव्यमा पु¥याउने बताउनुभयो ।

“डुङ्गामा प्वाल पार्दै जाने हो भने एउटा मात्र डुब्दैनन् । सबै डुब्छन् । जसले प्वाल पार्न खोजे पनि यो डुङ्गा प्वाल पार्न दिइने छैन । जसले यो डुङ्गा डुबाउन खोजे पनि डुबाउन दिइने छैन”, उहाँले भन्नुभयो, “यो डुङ्गालाई उल्टाउन खोजे पनि उल्टाउन दिइँदैन । डुङ्गा बीचमा डुबाउन खोजे पनि दिइने छैन । यो डुङ्गा हामीसँग ७० वर्ष अनुभव बोकेर खियाइएर चलाइएको डुङ्गा हो । धेरै बलिदानले सङ्घर्ष, कथा व्यथाले बनाइएकाले डुब्न दिइँदैन ।” उहाँले आजको सफलता शिखर नभई सफलताको शुरुआत मात्र भएको भन्दै जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधार तय गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीको नीतिअनुसार समाचार सम्प्रेषण गर्नसमेत आग्रह गर्नुभयो । “देशप्रति जिम्मेवार भएर सकारात्मक सोचका साथ एकताबद्ध भएर पार्टीका नीतिअनुसार सञ्चार क्षेत्रमा प्रतिक्रियावादीका दुष्चक्रलाई पार गर्नुहोस् भ्रमलाई चिर्नुस्”, उहाँले भन्नुभयो, “स्वच्छ, निष्पक्ष र सत्यका पक्षमा स्थिरता र स्थायित्वका पक्षमा काम गर्नुहोस् ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com