नेपालका ३१ कारागारमा १३०० विदेशी कैदी र बन्दी, पर्सा कारागारमा २१२


प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

नेपालका ७४ मध्ये ३१ कारागारमा झन्डै १,३०० विदेशी कैदी र बन्दी भएको कारागार व्यवस्था विभागले जनाएको छ। नेपालमा कुल कैदीबन्दीको सङ्ख्या झन्डै २४,००० रहेको छ।

अदालतले दोषी ठहर गरेका कैदी र मुद्दाको फैसला हुन बाँकी भएका तर न्यायिक हिरासतमा राखिएका विदेशी बन्दीहरू साइबर अपराध, लागुऔषधि तस्करी, यौन दुराचार र हत्या आदि विभिन्न अभियोगमा पक्राउ परेका हुन्।

सबैभन्दा बढी विदेशी कैदीबन्दी पर्सा कारागारमा रहेका छन्। सो कारागारमा २१२ जना भारतीय र दुई पाकिस्तानीलाई राखिएको छ।

केन्द्रीय कारागार सुन्धारामा १२४ जना विदेशी कैदीबन्दी छन्। तीमध्ये ६२ जना भारतीय र १२ जना चिनियाँ रहेको कारागार प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो कारागारमा २९ जना महिला बन्दीहरू रहेका र तीमध्ये अधिकांश लागुऔषधको कसुरमा जेल परेका बाँस्कोटाले बताए।

चर्चित विदेशी कैदी चार्ल्स शोभराज पनि सुन्धारामै छन्। धेरै कैदीबन्दी राखिने ललितपुरको नख्खु कारागारमा कैद ११९ विदेशी नागरिकमध्ये ९४ जना भारतीय छन्।
त्यहाँ चीन, रोमानिया, नाइजिरिया र यूके समेत १७ वटा देशका नागरिक कैद छन्।

झापा कारागारमा ५७ जना भारतीय र ३७ जना भुटानी पनि जेलमा छन्। सबै भुटानीहरू लामो समयदेखि झापामा बस्दै आएका शरणार्थी भएको बताइएको छ।

नख्खुस्थित कारागारमा मात्रै १९ देशका ११९ नागरिक छन्। उनीहरू १६ किसिमका कसुरमा थुनिएका हुन्।

विसं २०७२ मा १,०२८ विदेशी नेपाली जेलमा थिए भने गत वर्ष उक्त सङ्ख्या ११५६ पुगेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com