भोली बुटवलका सबै विद्यालय बन्द हुने
प्रकाशित मिति : पुस ९, २०७६ बुधबार

बुटवल उपमहानगरपालिका भित्रका विद्यालय बिहिबार बन्द हुने भएका छन् । बिहिबार बिहान ८ बजेदेखि ११ः ४५ बजेसम्म सूर्यग्रहण लाग्ने भएकाले नगर भित्रका सबै विद्यालयलाई बिदा दिएको उपमहानगरपालिकाका अधिकृत टीकाराम पन्थीले जानकारी दिएका छन् ।
वैज्ञानिक मान्यता अनुसार उक्त समयमा सूर्यबाट अल्ट्राभायोलेट किरण आउने भई आँखालाई हानी पुराउने भएका कारण बिदा दिएको समेत उनले बताए । बिहीबारको विदा स्थानीय विदाबाट कट्टी हुने गरी मिलाएको उपमहानगरपालिकाले जनाएको छ ।