त्रिविको ४५औं दीक्षान्त समारोह (तस्विरमा हेर्नुहोस्)


प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन् ।

पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन् । यसैगरी मानविकी संकायतर्फ २ हजार ९१, ईञ्जीनियरिङ्गमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सा तर्फ ८६४ जना विद्यार्थीहरु दीक्षित भएका छन् । यस्तै विद्यावारिधि (पीएचडी) मा ८५ र एमफीलमा ४० जना दीक्षित भएका छन् ।

यस्तै विद्यावारिधि (पीएचडी) मा ८५ र एमफीलमा ४० जना दीक्षित भएका छन् । कांग्रेसका नेता चन्द्र भण्डारी पनि पीएचडीतर्फ दीक्षित हुनु भएकाे छ ।

त्रिविले विभिन्न संकायमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पदक समेत प्रदान गरेको छ ।

समारोहमा सहभागी सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई समृद्धिको एउटा पूर्वाधारका रुपमा अगाडि बढाउन पहल भएरहेको बताउनुभयो । समारोहमा बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्रा.डा. मोहम्मद अख्तरुज्जमानको पनि सहभागिता रहेको थियो ।

यो वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १८३ विद्यार्थीले मात्र फाराम भरेका थिए ।

तस्बिर – प्रदीपराज वन्त/रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com