राष्ट्रियसभा निर्वाचनका लागि नेकपा र राजपाको गठबन्धन, दुईबुँदे सहमति


प्रकाशित मिति : पुस २, २०७६ बुधबार

राष्ट्रियसभा निर्वाचनको लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच सिट बाँडफाँट गर्ने सहमति भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश-२ को सिट बाँडफाँट गर्ने सहमति भएको हो । सहमति पत्रमा रिक्त हुन लागेको चार सिटमा दुई सिट नेकपा र दुई राजपाले लिने उल्लेख छ ।

चुनावमा पुरूष समूह र अपांगता भएको व्यक्ति वा अल्पसंङ्ख्यक समूहको रिक्त २ स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने र महिला र दलित पुरूष समूहका दुई स्थानमा राजपाले नेकपाको उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको हो ।

सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् भने राजपामका तर्फबाट राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

सहमति पत्र

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com