एमाले मेचीकाली अभियान आज बर्दिया र कैलालीमा


प्रकाशित मिति : चैत्र २, २०७३ बुधबार

एमालेको मेची–महाकाली अभियान अन्तर्गत आज बर्दियाको राजापूरमा आमसभा गर्ने भएको छ ।

मेची–महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगञ्जको आमसभापछि बुधबार बिहान ११ बजे बर्दीयाको राजापुर, दिनको १ बजे कैलालीको टीकापुर र सांझ कैलालीकै लम्कीमा बृहत आम सभा हुने एमाले प्रचार विभाग प्रमुख योश भट्टराईले बताउनुभयो । कैलालीको आम सभापछि बिहिबार कञ्चनपुरको महेन्द्र नगरमा आम सभा गर्ने जनाएको छ । 

मंगलबार बॉकेको नेपालगञ्जमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई मधेसी र जनजाति विरोधी पार्टीका रुपमा भ्रम फैलाए पनि त्यस्तो नभएको बताउनुभयो । उहाले मुलुकलाई सधैं द्धन्द्धमा फसाई राख्न नसकिने भन्दै राष्ट्रिय एकता र निकासको बाटो खोज्नुपर्ने बताउनुभयो । उहा“ले नचाहिने काम बन्द गरेर शान्तिपूर्ण यात्रामा आउन मधेसी मोर्चालाई आव्हान समेत गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com