दुई कलाकारको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त


प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भन्नुभएको छ, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।

चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको आकस्मिक निधन भएको थियो ।  आइतबार राती १० बजे चावहिलको ओम अस्पतालमा निधन भएको हो । साँझसम्म सिंहदरबारस्थित सञ्चारमन्त्रायलमा रहेका भट्टराईको मुटुमा केही समस्या देखिएपछि अस्पताल लगिएको थियो । तर, अस्पतालमा पुग्दासम्म नै निधन भइसकेको अस्पतालले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनो मार्फत अभिनयमा प्रवेश गरेका भट्टराईले आधा दर्जनभन्दा बढी फिल्म निर्माण गरेका थिए । आफ्नो मान्छे, पाहुना, देवरबाबु, सो सिम्पल, छोडीगए पाप लाग्ला,यात्रा उनले निर्माण गरेका चर्चित फिल्म हुन् । यि मध्ये पनि आफ्नो मान्छे नेपाली सिनेमाको सर्वाधिक हिट फिल्ममध्ये एक मानिन्छ ।

त्यस्तै लामो समयदेखि नेपाली चलचित्रमा सक्रीय रहेका पुराना अभिनेता दीपक क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासमा सुतेकै अवस्थामा मृत भेटिएका थिए ।

उनी कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा शनिबार दिउँसो मृत भेटिएका थिए । लामो समय पर्दाबाहिर रहेका ५८ वर्षीय क्षेत्री पछिल्लो पटक सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए । कलाकार क्षेत्रीले सयभन्दा नेपाली चलचित्रमा अभिनय गरेका छन् । उनी चलचित्रमा खलनायक र चरित्र अभिनेताको रुपमा अभिनय गर्दथे ।

‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका सयौं फिल्ममा कलाकार क्षेत्रीले अभियन गरेका छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com