नेपालका लागि नयाँ बेलायती राजदूत महिला, राष्ट्रपतिसमक्ष ४ राजदूतबाट प्रमाणपत्र पेश


प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत निकोला क्थारिन पोलिट्टीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र इस्टोनियाका गैरआवासीय राजदूत क्रिष्टिन किभी आˆनो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै । तस्वीर : प्रदीपराज वन्त/रासस

सोही समारोहमा नेपालका लागि गणतन्त्र लेबनान, इस्टोनिया र इराकका गैरआवासीय राजदूतत्रय राबी नार्स, क्रिष्टिन किभी र डा फलाह अब्दुलहसन अब्दुलसदाले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र इराकका गैरआवासीय राजदूत डा फलाह अब्दुलहसन अब्दुलसदा आˆनो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै । तस्वीर : प्रदीपराज वन्त/रासस

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्रसचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि नेपालका लागि गणतन्त्र लेबनानका गैरआवासीय राजदूत राबी नार्स आˆनो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुहुँदै । तस्वीर : प्रदीपराज वन्त/रासस
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com