नेकपा सांसद : भक्तपुरमा गुमायो, कास्कीमा कायमै, के होला बागलुङ र दाङ ?


प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार

कास्कीमा प्रतिनिधिसभा सदस्य एवं भक्तपुर, बागलुङ र दाङमा प्रदेश सभा सदस्यका लागि भएको चुनावमा सबैको मुख्य ध्यान छ । विगतमा चारै स्थानमा बामपन्थीले जितेका थिए, ती मध्ये भक्तपुरमा अहिले नेकपाले सिट गुमाउनुपरेको छ, यो नेकपाका लागि राम्रो संकेत होइन ।

विगतमा बामपन्थीहरुले जितेका ४ मुख्य स्थानमा भएको उपनिर्वाचनमध्ये भक्तपुरको क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेस विजयी भएको छ भने कास्की क्षेत्र नम्बर २ मा नेकपाले नै विगतको विराशत कायम गरेर चुनाव जितेको छ । अब सबैको ध्यान बागलुङ र दाङतर्फ रहेको छ । ती दुई जिल्लामा रिक्त प्रदेश सभा सदस्यका लागि उपचुनाव भएको हो ।

विगतमा नेकपाले जितेको भक्तपुरमा काँग्रैसले जित्यो

विगतमा नेकपाले जितेको भक्तपुर जिल्ला क्षेत्र नम्बर १ को १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निकटतम प्रतिद्वन्द्वी नेकपाका डिपी ढकालले ११ हजार २०६ मत प्राप्त गरे भने नेमकिपाका उम्मेदवार निरज लवजूले पाँच हजार ८२९ मत प्राप्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरे । २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत र नेमकिपाका लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए ।

लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त यो स्थानमा उपनिर्वाचन भएको हो । चाँगुनारायण नगरपालिकाका नौ वटै वडा र भक्तपुर नगरपालिकाका– १० गरी कूल १० वटा वडामा भएको उपनिर्वाचनमा कूल ७१.१७ प्रतिशत मत खसेको थियो ।

एक्काइस हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए ।

कास्कीमा इतिहास कायम, नेकपाकी भट्टराई विजयी

कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी भएकी छिन् ।

उहाँ २४ हजार ३९४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका छन् । त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार ९२२, राप्रपाका रोम भण्डारीले एक हजार १५३ र साझा पार्टीकी रजनी केसीले ९९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५७९ जनाले मतदान गरेका थिए ।

 

अब ध्यान बागलुङ र दाङमा

अब सबैको ध्यान बागलुङ र दाङतर्फ रहेको छ । बागलुङको चुनावलाई पनि महत्वका साथ हेरिएको छ । गण्डकी प्रदेश सभा सदस्य अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ को २ बाट निवार्चित टेकबहादुर घर्तीको मृत्युभएपछि रिक्त पदमा निर्वाचन भएको हो ।राष्ट्रिय जनमोर्चाका घर्ती बाम गठबन्धनबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

त्यस्तै दाङको निर्वाचन क्षेत्र नं ३ को २ मा प्रदेशसभा सदस्यका लागि भएको चुनावप्रति पनि सबैको चासो छ । दाङमा यसअगाडि नेकपाका स्वर्गीय उत्तरकुमार वलीले चुनाव जितेकोमा उनकी पत्नी बिमलाकुमारी खत्री ९वली० अहिले चुनावी मैदानमा छिन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com