ऐतिहासिक अर्गली दरबार व्यक्तिका नाममा !


प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार

– कृष्ण दर्नाल 

पर्यटकीय गन्तव्यस्थल तानसेन नगरपालिका–१४ स्थित ऐतिहासिक अर्गली दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेर जबराबाट विसं १९९७ मा निर्माणकार्य शुरु भएको सो दरबार अहिले भग्नावशेषमा बदलिएको छ भने प्रचार–प्रसार हुन नसक्दा पर्यटकका लागि आकर्षक केन्द्र बन्न सकेकोे छैन ।

तानसेन नगरपालिकाका प्रमुख अशोक शाही यस ऐतिहासिक धरहरा अझै व्यक्तिको नाममा रहेकाले सार्वजनिक हुनुपर्ने भन्दै सोका लागि जग्गाधनीसँग विभिन्न चरणमा कुराकानी भइरहेको बताउनुभयो । सो दरबार विसं. २००१ मा निर्माण सम्पन्न भएको थियो । पवित्र तीर्थस्थल रिडी, कालीगण्डकी नदी, ऋषिकेश मन्दिर नजिक हुने हुँदा अर्गलीमा दरबार निर्माण भएकोे स्थानीयवासीको भनाइ छ । यो दरबार पाल्पा सदरमुकाम तानसेनबाट २१ किलोमिटर पश्चिम–उत्तरमा छ ।

अर्गली छाडेर त्यहाँका राणाहरु भारत गएपछि ऐतिहासिक दरबार क्षेत्रको संरक्षण हुन नसकेको हो । स्थानीय बासिन्दा नेत्रप्रसाद पाण्डेयका अनुसार व्यक्तिका नाममा दरबार हुँदा उचितरूपमा संरक्षण गर्न नसकिएको बताउनुभयो । दरबारको स्वामित्वसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । स्थानीय बासिन्दाले ऐतिहासिक दरबार मर्मत र संरक्षणका लागि पाउनुपर्ने माग गर्दै आएका छन् । स्थानीय त्रिभुवन माविले दरबारको केही भाग प्रयोग गरे पनि अधिकांश भाग भत्किने अवस्थामा छ । दरबार क्षेत्रमा सार्वजनिक शौचालय मात्रै सञ्चालित छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तानसेन–रिडी सडकखण्डको अर्गलीदेखि ७०० मिटरमाथि टाकुरामा अर्गली दरबार छ । पहिला हुलाकीमार्गका रूपमा परिचित थियो । ऐतिहासिक र पर्यटकका लागि राम्रो गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावना यस क्षेत्रमा छ । बाथरुम, बैठककक्ष, पल्टन राख्ने स्थान, राजाका सुसारेकक्ष दरबारमा देखिन्छ ।

जुद्धशम्शेरले प्रधानमन्त्री पद त्याग गरी सन्यासी जीवन बिताउने अभिप्रायले रिडी बजारबाट पाँच किलोमिटर पूर्व पाल्पा जिल्लास्थित अर्गली उपत्यकामा दरबार निर्माण गर्नुएभको थियो । दरबार निर्माणका क्रममा पश्चिम प्यूठानदेखि अर्घाखाँचीसम्मको जनश्रमदानद्वारा निर्मित गरिएको दरबार निकै आकर्षक रहेको मानिन्छ । दरबार बनाउँदा पाल्पा, गुल्मी र स्याङ्जाका जनताको समेत योगदान छ । सो दरबारमा प्रयोग भएको इँटा, फलाम, काठ, प्रस्तर एवं अन्य भौतिक सामग्री उच्च गुणस्तरको थियो । विसं २००२ मङ्सिर १४ गते जुद्धशम्शेर गेरुवस्त्रमा अर्गली आएका थिए । उहाँका कान्छी श्रीमती गम्भीर कुमारीका साथ त्यही अर्गली दरबारमा विसं २००७ मा बसोबास गरेका थिए । कालीगण्डनी नदीको रिडीघाटको नित्य, स्नान एवं ऋषिकेश मन्दिरको फूलप्रसादसहित विसं २००७ सम्म जुद्धशम्शेर अर्गली दरबारमै बस्थे ।

जुद्धशम्शेरकी छोरी जनकराज्यलक्ष्मीले विसं २०५८ जेठ १ मा अधिकृत वारेसनामा गरी आफ्ना नाति सञ्जयविक्रम शाहका नाममा पास गरेको खुलेको छ । सञ्जयविक्रम शाहले विसं २०६२ साउन ५ गते श्रीमती पुनमका नाममा जग्गा नामसारी गरिदिएको भेटिएको हो । मालपोत कार्यालयका अनुसार जुद्धशम्शेरकी छोरी जनक राज्यलक्ष्मीले वारेसनाममा बदर भएको भनी प्रमाण ल्याएर विसं २०६३ मा आफ्नो नाममा जग्गा फिर्ता ल्याएको छ ।

राज्यलक्ष्मीले विसं २०६४ मा दरबारको जग्गा जिटी टेडर्स एड हाउजिङ कम्पनी प्रालि, पुल्चोकको नाममा रु १५ लाखमा बेचिएको मालपोलमा उल्लेख छ । राज्यलक्ष्मीले झुक्याएर सञ्जयलाई दिएको जग्गा आफ्नो नाममा ल्याएर फेरि कारोवार भएको मालपोत कार्यालयको दाबी छ । पुरम र हाउजिङ कम्पनीबीच विवाद छ ।

विसं १९९७ मा नेपाल प्रजा परिषद्का तीन क्रान्तिकारी प्रजातन्त्रवादीको हत्या गरी बदनामी कमाउन पुगे । दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठ, स्वतन्त्र नागरिक अधिकारवादी शुक्रराज शास्त्रीको पाशविक हत्या भएको थियो । हत्याको पाप, राप र तापमा जलेका राणा प्रधानमन्त्री जुद्धशम्शेर राजर्षि महाराज भएर गद्दी छाडे । भारतको बनारस जाने परम्परालाई तोडेर जुद्धशम्शेर रिडी गएको पाइन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com