आवश्यक कागज पूरा गरेका यात्रु फर्काइएका छैनन् : अध्यागमन विभाग


प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार

श्रम स्वीकृतिलगायत आवश्यक कागजी प्रक्रिया पूरा गरेर गन्तव्य मुलुक प्रस्थान गर्न लागेका कुनै पनि यात्रुलाई विमानस्थलबाट नफर्काइएको अध्यागमन विभागले प्रष्ट पारेको छ । श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित प्रक्रिया पूरा गरी गन्तव्य मुलुक हिँडेका केही यात्रुलाई फर्काइएको भन्ने विषयमा कुनै सत्यता नभएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक ईश्वरीराज पौडेलले तोकिएको प्रक्रिया पूरा गरेर आएका यात्रुलाई कुनै रोकतोक नगरिएको बताउनुभयो । “श्रम स्वीकृति लिएका तर आवश्यक कागजात नपुगेकाको हकमा अध्यागमनले फर्काउन सक्छ”, उहाँले भन्नुभयो । त्यसरी फर्काइएको सङ्ख्या भने अत्यन्त न्यून रहेको उहाँको भनाइ थियो । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख दीर्घनारायण पौडेलले पनि आवश्यक कागजात पूरा गरेर आएका यात्रुलाई सहजै यात्रा अनुमति दिइएको बताउनुभयो ।

सरकारले यात्रा अनुमति प्रदानमा कुनै समस्या नआओस् भनेर हालैमात्र सम्बन्धित व्यक्तिले पेश गर्नुपर्ने कागजात सूची सार्वजनिक गरेको छ । “विदेश जाँदा देशगतरुपमा पेश गर्नुपर्ने कागज पूरा गरेमा अध्यागमनले ससम्मान प्रस्थान अनुमति दिने गरेको छ”, प्रमुख पौडेलले भन्नुभयो, “आवश्यक कागजात नपुगेकाको हकमा भने फर्काउनुपर्ने बाध्यता हुन्छ ।”

श्रम भिसामा जाने व्यक्तिले राहदानी, प्रवेशाज्ञा, गन्तव्य मुलुकसम्म पुग्ने ‘बोडिङ पास’, श्रम स्वीकृतिको अवधि कम्तीमा ९० दिनको भएको कागजात पेश गर्ने व्यक्तिलाई कुनै रोकतोक नगरिने अध्यागमन विभागले जनाएको छ । तालीम कार्यक्रममा जाने व्यक्तिले राहदानी, प्रवेशाज्ञा, ‘बोर्डिङ पास’, द्वितर्फी हवाई टिकट, ‘स्पोन्सर लेटर’, आमन्त्रण पत्र तथा सम्बन्धित संस्थाको परिचयपत्र देखाउनुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com