नेपाल प्रहरीबाट डेढबर्षमा डेढ क्वीन्टल अवैध सुन बरामद, झण्डै ३ अर्ब राजश्वमा योगदान


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

नेपाल प्रहरीले डेढबर्षको अवधिमा झण्डै डेढ क्वीन्टल अवैध सुन बरामद गर्न सफल भएको छ । गतबर्षको वैशाखदेखि यही कार्तिकसम्म १४५ किलो १ सय ७७ ग्राम अवैध सुन बरामद गर्न नेपाल प्रहरी सफल भएको हो ।

प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल आइसकेपछि नेपाल प्रहरीले यो परिमाणमा अवैध सुन बरामद गरेको हो । प्रहरीले सुन तस्करीमा संलग्न १ सय १६ जनालाई पक्राउ समेत गरेको छ ।

यही अवधिमा अवैध सुन बरामदबाटमात्र राजश्वमा ५६ करोड ७१ लाख ५१ हजार १ सय ३० रुपैया योगदान भएको छ । डेढ बर्षको अवधिमा राजश्वमा कुल योगदान भने नेपाल प्रहरीले २ अर्ब ९२ करोड ९४ लाख ९० हजार ४३९ रुपैया गरेको छ ।

ट्राफिक कारवाहीबाटमात्र यो अवधिमा १ अर्ब ३२ करोड ८२ लाख ९१ हजार ९ सय रुपैया र भन्सार छलीबाट १ अर्ब तीन करोड ३२ लाख ४७ हजार ४०९ रुपैया नेपाल प्रहरीले राजश्वमा योगदान गरेको छ । राजश्व चुहावट नियन्त्रणका क्रममा प्रहरीले ५७७ जनालाई पक्राउ गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com