कालापानी भारतकै रहेको रहेको भारतीय नेताको दावी, नेपालले दावी गर्नु चिन्ताजनक !


प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार

भारतको उत्तराखण्डका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता त्रिवेन्द्रसिंह रावतले नेपाली भूमि कालापानी क्षेत्रलाई भारतको भएको दावी गरेका छन् ।

उनले कालापानी उत्तराखण्डको पिथौरागढ जिल्लाको भएको बताउँदै नेपालले दावी गर्नुलाई चिन्ताजनक भनेका छन् । कालापानीबारे नेपालले जे कुरा भनिरहेको छ, यो चिन्ताजनक रहेको र भारतको जुन हिस्सा छ, त्यो भारतकै रहने उनको भनाई छ ।

नेपालका प्रधानमन्त्री केपी ओलीले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन आग्रह गरेको दुई दिनपछि भारतीय नेता रावतले यस्तो प्रतिक्रिया दिएका हुन् । रावतको भनाई भारतीय चर्चित पत्रिका अमर उजालाले प्रकाशित गरेको छ ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको समाचार बनाएको भोलिपल्ट त्यस पत्रिकाले रावतको प्रतिक्रियालाई समेटेको हो । उक्त पत्रिका स्वयंले पनि कालापानी क्षेत्रलाई नेपालले दावी गरेको जनाएको छ । साथै कालापानी उत्तराखण्डको पिथौरागढ जिल्लामा रहेको उक्त पत्रिकाको जिकिर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com