ठगी मुद्धाका आरोपित प्रदेश मन्त्रीले दिए राजीनामा


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

ठगी तथा किर्ते मुद्दामा फरार रहेका सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, बन तथा बातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । रावलले आज मुख्यमन्त्री त्रिलोचन भट्टसामु आफ्नो राजीनामा पत्र बुझाएको ससप्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

राजीनामा दिएपछि निर्वतमान राज्यमन्त्री रावलले बिज्ञप्ती जारी गदैै जिल्लाको एक क्याम्पसको शेयर बिक्रिमा संलग्नताको आरोप लागेपछि नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।
केही दिनअघि रावलको कार्यालयमै सम्पत्ति सुद्धिकरण बिभागले छापा मारेपछि राजीनामा दिन दबाव परेको थियो । रावलले अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको छ । रावलले आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा सुद्धिकरण विभागले विस्तृत छानबिन अघि बढाउँदै छापा मारेको दावी गरेको छ ।

वर्तमान केपी ओली नेतृत्वको संघीय ससरकारले भ्रष्ट्राचार प्रति शून्य सहनशीलताको नीति लिएकै कारण बहालवाला मन्त्रीमाथि विभागले छानबिन गरेको हो । मन्त्री रावलमाथि छानबिनका गर्न विभागले नेपाल प्रहरीका एसपी कमल थापाको नेतृत्वमा विशेष टोली गठन गरेको छ  ।
छानविन टोलीले गत बुधबार र बिहीबार मन्त्री रावलको कारोबारसम्बन्धी विभिन्न कागजपत्र जफत गरेको थियो  । मन्त्री रावलविरुद्ध गत ७ साउनमै जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा किर्ते मुद्दा दायर भइसकेको छ ।

विभागको टोलीले तीन दिन लगाएर राज्यमन्त्रीको सम्पत्तिसम्बन्धी कागजपत्र संकलन गरेको थियो । मालपोत कार्यालय, यातायात कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कर कार्यालयबाट सबै कागजपत्रहरू संकलन गरिएको हो । प्रमाण लोप गर्न सक्ने भएकाले राज्यमन्त्रीकै कार्यालयमा समेत छापा हानेर केही कागजपत्र लिइएको हो ।
मन्त्री रावलको टिप्पर तथा इँटाभट्टामा समेत लगानी रहेको खुलेको भन्दै बिभागले सबै चल–अचल सम्पत्ति रोक्का राखेको छ । बैंक खाता तथा सम्पत्ति रोक्का राखेर निर्वतमान राज्यमन्त्री रावलमाथि छानबिन शसुरु गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरार अभियुक्तका रूपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गर्न चासो नदिएको भन्दै आलोचना भइरहको छ ।
रावलबिरुद्ध साढे १५ करोड बिगोदाबीसहित मुद्दा दायर भएको थियो । जनज्योति एजुकेसन फाउन्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको भन्दै उनीसहित ३६ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

सेयर ट्रान्सफर गरेको नक्कली कागजपत्रका आधारमा राज्यमन्त्री रावलले पैसा लिएको जिकिर गरिएको छ । सोही आधारमा १५ करोड ६७ लाख रुपैयाँ बिगोदाबी गरी उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com