नेपालबाहिरको नेपाल - Page 4 of 35 - KHASOKHAS

नेपालबाहिरको नेपाल

प्रधानमन्त्री ओलीको विरोध गर्दा रिजउड नेपाली समाजलाई झण्डै एककरोड घाटा

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणका क्रममा न्युयोर्कको रिजउड नेपाली समाजका अध्यक्ष रविकिरण कोइराला कालो झण्डा देखाउने विरोध कार्यक्रममा सहभागी भएपछि प्रवासी नेपाली मञ्चले रिजउड नेपाली समाजलाई मन्दिर निर्माणका लागि दिने भनेको रकम नदिने भएको छ । नेकपा निकट प्रवासी नेपाली मञ्च अमेरिकाका न्युयोर्क च्याप्टर अध्यक्ष अर्जुनबहादुर सिंहले सामाजिक सञ्जालमार्फत रिजउड समाजलाई दिने भनिएको रकमको …

टेक्सासको ह्युस्टनमा रहेको नेप्लिज हेरिटेज यूनियनमा नयाँ नेतृत्व

– सागर अर्याल टेक्सासको ह्युस्टनमा गतबर्ष गठित नेप्लिज हेरिटेज यूनियन (एनएचयू)को अधिवेशन र साधारण सभाले डा. चण्डी भण्डारीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । निवर्तमान अध्यक्ष विदुर दवाडीले नयाँ नेतृत्वका लागि डा. भण्डारीलाई प्रस्ताव गर्नुभएको थियो । ह्युस्टनमा बस्ने नेपालीहरुमा भएको युवा चेत र जाँगरले नेपाली भाषा, संस्कृति र चाड्पर्वको सम्वद्र्धन गर्न …

कालो झण्डा विवादको समाधान होइन : सञ्जय थापा

गणतन्त्र नेपालको २०१५ मा संविधान सभा मार्फत निर्माण भएको संविधानले व्यवस्था गरको अवाधिक निर्वाचनको व्यवस्था अनुरुप भएको पछिल्लो निर्वाचानबाट अत्याधिक वहुमतले निर्वाचित प्रधान मन्त्री सम्माननिय केपी शर्मा अहिले संयुक्त राष्ट्र संधको ७३औ माहासभमा नेपालको नेतृत्व गर्दै सहभागि हुनुभएको छ । यही शिलशिलामा हाम्रो नेपाली अमेरिकन समाजमा ३ खालका विचारहरु विच विवाद भैरहेको र सवै आ-आफ्ना …

कुरा होइन काम गरौँः नेता नेपाल

पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले आजको अवश्यकता कुरा होइन काम भएको बताउनु भएको छ । नेपाल टेलिभिजनका लागी अमेरिकामा निर्माण हुने कार्यक्रम ‘यू स्टार्ट अगेन’ मा बरिष्ठ टेलिभिजन प्रस्तोता सुर्य थापासंग कुरा गर्दै नेता नेपालले प्रधानमन्त्री केपी वली लाइ यस्तो सुझाव दिएका हुन् । सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको तर्फ कटाक्ष गर्दै नेपालले भने  ‘दुइतिहाइमा …

एनआरएनलाई राजनीतिक अधिकार सहितको नेपाली नागरिकता दिनुपर्छ : डा. भट्टराई

ड्यालस (अमेरिका) – पूर्ब प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यतिखेर नेपाललाई विदेशमा रहेका नेपालीहरुको शीप, स्रोत र क्षमताको जरुरत भएको बताएका छन् । ड्यालसमा शनिबार बिहान नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. भट्टराईले भने–‘बरु तपाईहरुलाई नेपाल नचाहिएको हुनसक्छ, नेपाललाई भने तपाईहरुको जरुरी छ ।’ उनले नेपालको …

बोस्टनमा राईहरुको समर पिकनिक, २०२० सम्ममा अमेरिकामा जग्गा खरिद गर्ने

-सुरेश चाम्लिङ्ग  युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरको आयोजनामा बोस्टनमा भब्यरुपमा समर पिकनिक सम्पन्न भएको छ।नेपालबाट अमेरिका भ्रमणमा आउनु हुने तथा नेपालबाट भर्खर अमेरिकामा आइ बसोबास गर्नु हुने किरात राई महानुभाव हरुलाई केक काटेर र खादा ओढाएर सम्मान गरिएको थियो। नेपालबाट अमेरिका भ्रमणमा आउनु भएका नेपाल सरकारका पुर्व कर्मचारी तथा किरात राई …

नेपालको तीज बिर्साउने गरी अमेरिकामा तीज महोत्सब

वासिङ्टन डिसी नजिकै भर्जिनिया अवस्थित दुर्गा मन्दिरको ठुलो सभा हल खचाखच भरिएको थियो । त्यहाँको वातावरण देख्दा लाग्थ्यो – हामी नेपाल मै छौँ । तीज महोत्सव अमेरिका २०१८ जहाँ निःशुल्क प्रवेश, तीजको दर, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने व्यवस्था, साथमा तीजको किनमेल स्टलहरू पनि समावेश थिए । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य …

छोरीको जन्मदिनमा अमेरिका निवासी विनोद शाहबाट गरिब बालिकाको शिक्षामा १० लाख सहयोग

अमेरिकाको न्युयोर्क निवासी डाक्टर विनोद शाहले आफ्नी छोरी राधिका शाहको १६ औं जन्मदिनको अवशरमा नेपालमा शिक्षाबाट वञ्चित गरिब बालिकाहरुको शिक्षाका लागि १० लाख रुपैया सहयोगको घोषणा गरेका छन् । उनले यो सहयोग आफ्नी छोरीको जन्मदिनको उपहारका रुपमा घोषणा गरेका हुन् । अमेरिकामा मेडिकल प्राक्टिस गरिरहनुभएका शाह अल्बर्ट आइन्सटाइन कलेज अफ मेडिसिनमा एसिस्टेन्ट प्रोफेसर समेत हुन् …

युनाइटेड किरात राई ओर्गनाईजेशन अफ अमेरिकाको क्यालिफोर्निया च्याप्टर गठन, अध्यक्षमा जोरबीर राई

– घनश्याम किराँती युनाइटेड किरात राई ओर्गनाईजेशन अफ अमेरिकाको क्यालिफोर्निया च्याप्टरले संस्थाको महाधिवेशन सम्पन्न गरी सर्बसम्मतबाट आगामी ३ वर्षको निमित्त नयाँ कार्य समिति चयन गरेको छ । संस्थाको अध्यक्षमा जोरबीर राई, उपाध्यक्ष पार्वती लामा राई, उपाध्यक्ष सुमित्रा कुँवर राई , महासचिवमा टक्सन राई, कोषध्यक्षमा सुश्री नवीन राई र सदस्यहरुमा दियोराम राई, लक्ष्मी राई, सौजन राई, …

नेपाली नेशनल कन्भेन्सन सम्पन्न, नागरिकता बिधेयक सच्याउन सहयोग गर्नेछौँः माधव नेपाल

अमेरिकामा रहेका नेपालीहरुको पुराना तिनवटा संस्थाहरु, एएनए, नाशा र अन्माले संयुक्त रुपमा पहिलो पटक आयोजना गरेको नेपाली नेशनल कन्भेन्सन आइतबार सम्पन्न भयो । शिकागोको होटल हिल्टनमा आयोजित सम्मेलन गत शुक्रबार शुरु भएको थियो । “नेपाली समुदायको लागी एकता” भन्ने नारा बोकेको सम्मेलनको शनिबार प्रमुख अतिथि एवं नेपालका पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए । समारोहमा …

WP Facebook Auto Publish Powered By : XYZScripts.com