अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा पाँच हजार उँटको गोली हानेर हत्या

अष्ट्रेलियामा हेलिकप्टरबाट गोली हानेर पाँच हजार उँट मारिएको छ । ती उँटहरु पाँच दिनको अवधिमा मारिएको हो । ती उँटहरुले पानी धेरै पिएका कारण गोली हानि हत्या गरिएको हो ।

ट्रम्पबिरुद्धको महाभियोगपत्र अमेरिकी सिनेटमा

अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोगपत्र माथिल्लो सदन सिनेटमा पठाउने प्रस्ताव पारित गरेको छ।राष्ट्रपतिविरुद्ध महाभियोगसम्बन्धी अबको प्रक्रिया सिनेटले शुरू गर्नेछ। राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगपत्र सिनेटमा पठाउने

फ्लोरिडाको विमानस्थलको गेटमा अर्कैको बोर्डिङ पाससहित भेटिइन् हराइरहेकी बालिका

हराइरहेकी एकजना बालिका फ्लोरिडाको ओर्लाण्डो विमानस्थलको जहाज चढ्ने गेटमा अर्कैको बोर्डिङ पाससहित भेटिएकी छिन् । उनले अर्कैको बोर्डिङ पास प्रयोग गरेर ट्रान्सपोर्टेशन सेक्युरिटी एडमिनिस्ट्रेशन टीएसएको सुरक्षा समेत पार गरेर विमान

पाकिस्तान र अफगानिस्तानमा हिमपात र वर्षाका कारण कम्तीमा १३० जनाको मृत्यु

पाकिस्तान र अफगानिस्तानमा अस्वभाविक वर्षा र हिमपातका कारण कम्तीमा १३० जनाको ज्यान गएको छ । तीमध्ये ९३ जनाभन्दा बढीको पाकिस्तानमा मृत्यु भएको हो । कश्मीरमा कैयौँ हिउँपहिरो गएका छन् ।

अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी घुम्ने

अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ। महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको छ।

इरानमा सरकार विरोधी प्रदर्शन चर्किँदै, अमेरिकाको समर्थन

इरानको राजधानी तेहरान तथा इरानका अन्य विभिन्न सहरमा सरकारविरोधी प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीहरूले सर्वोच्च नेता आयतूला अली खामनेईको विरोधमा नारा लगाएका छन् । इरानको सरकार विरोधी प्रदर्शनको अमेरिकाले समर्थन गरेको

अमेरिकी वायु सेनाको अड्डामा फेरि रकेट आक्रमण, चार सैनिक घाइते

इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा फेरि रकेट आक्रमण भएको छ । आक्रमणमा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घाइते भएका छन् । इराकी सेनाले आइतबार सैनिक अड्डामा आक्रमण

अमेरिकामा भीषण आँधी, कम्तीमा ११ जनाको मृत्यु

अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ। अलाबामा, लुजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएका छन्।

१७६ को ज्यान जानेगरी युक्रेनी विमान खसालिएको इरानबाट स्वीकार

इरानले युक्रेनी यात्रुबाहक जेट विमान खसालिएको स्विकार गरेको छ। इरानका राष्ट्रपति हसन रुहानीले ट्वीटर मार्फत् ‘मानवीय त्रुटि’ का कारण युक्रेनी विमान क्षेप्यास्त्रले खसालिएको स्विकार गरेका हन्। ‘युक्रेनी विमान मानवीय त्रुटिका

सन् २०२० भित्र न्युयोर्कमा गाँजा बैध गर्ने गभर्नरको प्रतिबद्धता, वार्षिक ३ सय मिलियन आम्दानी हुने

सन् २०२० भित्र न्युयोर्क राज्यमा गाँजा बैध गर्ने गभर्नर एन्ड्रयु कुमोले प्रतिबद्धता जनाएका छन् । यो बर्षको अन्त्यसम्ममा गाँजालाई बैध बनाउने उनको भनाई छ । यसबारेको कानुन निर्माण सन् २०१९

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com