राष्ट्रपति सीको भ्रमणले ‘नेपाल भ्रमण वर्ष’लाई योगदान पुग्छ : पर्यटनमन्त्री भट्टराई


प्रकाशित मिति : आश्विन २८, २०७६ मंगलबार

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ ।

मन्त्री भट्टराईले चिनियाँ राष्ट्रपति सीले नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा दिनु भएको प्रत्येक ‘स्टेटमेन्ट’ले सो भ्रमण वर्षलाई प्रवद्र्धन गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नु भएको हो । उहाँले राष्ट्रपति सीको नेपाल भ्रमणले चिनियाँ बुद्धिष्टहरुलाई लुम्विनीको भ्रमण गर्न पनि अभिप्रेरित गरिरहने अपेक्षा पनि गर्नु भयो । ‘चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको क्रममा दिनु भएको प्रत्येक स्टेटमेन्टले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पु-याउने मैले विश्वास लिएको छु,’ मन्त्री भट्टराईको भनाई थियो,‘यसले बुद्ध धर्ममा आस्था राख्ने चिनियाँ नागरिकलाई पनि लुम्विनीको भ्रमण गर्न थप प्रेरित गर्नेछ ।’ मंगलबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो चीन–दक्षिण एशीया सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै उहाँले चीन र दक्षिण एशीयाका विद्धान साहित्यहरुको उपस्थितिले पनि ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई माथि उठाउन महत्वपूर्ण सहयोग पु¥याउने पनि बताउनु भयो ।

त्यस अवसरमा मन्त्री भट्टराईले सांस्कृतिक धरोहरुको रुपमा रहेको नेपालमा भूकम्पले ध्वस्त बनाएका सबै सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको कामले तीव्रता पाएको उल्लेख गर्दै दुई वर्ष भित्रै पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्तिक ३ गतेसम्म चल्ने सो सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तानलगायतका देशका प्राज्ञहरुले १६ वटा कार्यपत्र प्रस्तुत गर्नेछन । यो सम्मेलन पहिलो पटक गत वर्ष चीनको छेन्दु सहरमा आयोजना गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com