एजेन्सी /भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु भएकाे छ । साे घटनामा अरु १५ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार सिलिन्डर विस्फोटबाट दुई तले घरमा ठूलो क्षति पुगेको थियो ।
भत्केको घरभित्र केही व्यक्ति पुरिएको आशंकामा प्रहरीले खोजतलास गरिरहेको छ । उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै तत्काल सबै सम्भाव्य उपाय अवलम्बन गरी उद्धार र उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।