सिरियामा जारी झडपको कारण एक लाख व्यक्ति विस्थापित : राष्ट्रसंघ


प्रकाशित मिति : आश्विन २५, २०७६ शनिबार

सिन्ह्वा/ उत्तरपूर्वी सिरियामा टर्कीले जारी राखेका हवाई र स्थलगत आक्रमणको कारण सो क्षेत्रका बसोवास गर्दै आएका करिब १ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रस्का प्रवक्ता स्टेफान डुजार्रिकले शुक्रबार बताउनु भएको छ ।

सिरियाको उत्तरपूर्वी भागमा रहेका कुर्दिश लडाकू समूह र टर्की सुरक्षाबलबीच जारी यस झडपमा दुबैतर्फ हताहत भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय ९ओएचसीएचआर० ले जनाएको छ ।

सीमानामा पर्ने दुबै शहरहरुमा बम विस्फोटको समाचार भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिलाको समन्वय कार्यालय ९ओचा० ले जनाएको छ ।
संयुक्त राष्ट्रसंघ आपतकालीन राहत समन्वयकर्ता जनरल मार्क लोकोकले टर्की यात्रा गर्नु भएको छ । लोकोकको दुई दिनको आङ्कारा भ्रमण र टर्की र सिरिया सिमानाको भ्रमण टकीले सो क्षेत्रमा आक्रमणको घोषणा गर्नुअघि नै योजना बनाइएको थियो ।

उहाँको भ्रमण उत्तरपूर्वी सिरियामा टर्की सेनाले जारी राखेको सुरक्षा कारबाहीको साथसाथै भएको थियो । उहाँले सीमाको दुबै क्षेत्रमा भएको नागरिकको हताहत समाचारप्रति चिन्ता व्यक्त गर्नु भएको छ ।
लोकोकले सबै पक्षहरुलाई संयम ब्यबहार गर्न, नागरिक र नागरिक पूर्वाधारको संरक्षण गर्न र आफ्नो दायित्वअनुरूप कार्य गर्न गुटर्रेस्को अपील दोहोर्याउनु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टर्कीले जारी राखेको यस अभियान क्रममा गत दुई दिनयता नागरिकको हताहत भएको समाचार प्राप्त हुन थालेको मानवअधिकार कार्यालयहरुले जनाएको छ
युद्धका पक्षहरु र सैन्य कारबाही अन्तर्राष्ट्रिय मानवीय कानुनको अनुरूप हुनु पर्छ र विशेषगरी भेदभाव, समानुपातिकता र सावधानीका सिद्धान्तहरूमा आधारित हुनु पर्ने उक्त कार्यालयले जनाएको छ ।

जारी यस द्वन्द्वको कारण विस्थापित भएका नागरिकहरुलाई उनीहरूको घर फर्कन वा अन्यत्र फर्कन नसक्दासम्म उनीहरूलाई सहयोग र सुरक्षा प्रदान गर्र्नु सो कार्यालय जानकारी दिएको छ ।
टर्कीको आक्रमणबाट विस्थापित भएका बालबालिकाहरू सिरियाको पश्चिमी प्रान्त हस्साकेतर्फ लागेका छन् । टर्कीले सीमापारी सिरियामा कुर्दहरूको नियन्त्रण रहेको क्षेत्रमा आक्रमण थालेपछि झन्डै एक लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्राय व्यक्तिहरु हस्साके र तल तामेर नगरका विद्यालय तथा अन्य भवनहरूमा आश्रय लिएको राष्ट्रसंघले बताएको छ । अमेरिकाले गत बुधवार सो क्षेत्रबाट आफ्नो सेना फिर्ता गरेपछि टर्कीले सैन्य कारबाही शुरु गरेको थियो ।

टर्कीको सैन्य कारबाही रोक्न अमेरिकाले दबाव दिएको छ । आक्रमण नरोकेमा टर्कीले “गम्भीर परिणाम“ भोग्नुपर्ने चेतावनी अमेरिकी रक्षामन्त्रीले दिनु भएको छ भने अर्थमन्त्रीले नयाँ प्रतिबन्धहरूको चेतावनी दिनु भएको छ ।

टर्कीले सैन्य कारबाही थालेपछि कम्तीमा ११ जना गैरसैनिक नागरिकको मृत्यु भएको मानव अधिकारवादी संस्थाहरुले बताएको छ ।
मानवीय सहायता प्रदान गर्ने संस्थाहरुकाअनुसार सो द्वन्द्वमा प्रभावित व्यक्तिहरूको सङ्ख्या अझै बढ्ने बताएको छ ।कुर्द नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेस ९एसडीएफ० र टर्कीलाई समर्थन गर्ने समूहका दर्जनौँ लडाकुहरूको मृत्यु भएको छ । यद्यपी टर्कीको सेनाले आफ्ना एक सैनिकको पनि मृत्यु भएको पुष्टि गरेको छ ।

विश्लेषकहरूका अनुसार अमेरिकी सेना फिर्ता गरेपछि टर्कीले सीमानामा आक्रमण शुरु गरेको बताइएको छ । सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि त्यो क्षेत्रको अधिकांश भाग सिरियाली सरकारको नियन्त्रणमा छैन । सन् २०१५ देखि त्यहाँ एसडीएफको नियन्त्रण थियो ।

इस्लामिक स्टेट्स् समूहविरुद्ध अमेरिकाले गरेको सङ्घर्षमा एसडीएफले सघाएको थियो । तर टर्कीले एसडीएफलाई टर्कीविरुद्ध विद्रोहको समर्थन गर्ने आतङ्कबादी मान्दै आएको छ ।
आफूले गरेको आक्रमण कुर्द लडाकुहरूलाई धपाएर “सुरक्षित क्षेत्र“ निर्माण गर्ने प्रयास भएको भन्दै टर्कीले सैन्य कारबाहीको प्रतिरक्षा गरेको छ ।
“जसले जे भने पनि हामी रोकिँदैनौँ,“ टर्कीका राष्ट्रपतिले शुक्रवार भन्नु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com