युरोपेली संघ छाड्ने, ब्रिटेनले ल्यायाे नयाँ प्रस्ताव


प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार

एजेन्सी / ब्रिटेनले युरोपेली सङ्घ छाड्नेसम्बन्धी नयाँ प्रस्ताव सार्वजनिक गरिएको छ। विवादित मानिएको एउटा मुद्दामा ब्रिटेनले उत्तरी आयरल्यान्डलाई युरोपेली एकल बजारकै हिस्सामा रहने गरी तर भन्सार युनियन त्याग्ने गरी प्रस्ताव गरिएको छ । यसअघि प्रधानमन्त्री बोरिस जोनसनले आफूले ब्रेक्जिट सहमतिसम्बन्धी “रचनात्मक तथा यथोचित“ प्रस्ताव ब्रसल्समा पठाएको बताएका थिए ।

उनले त्यो प्रस्ताव स्वीकार्नुको विकल्प भनेको सहमतिविहीन ब्रेक्जिट मात्र हुने चेतावनी दिएका थिए। सत्तारुढ पार्टी कन्जरभेटिभको एउटा सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले यूकेले युरोपेली सङ्घसँग नयाँ सम्बन्ध चाहेको बताए । युरोपेली आयोगले प्रस्ताव अध्ययन गरेपछि केही समयमा प्रतिक्रिया दिने जनाएको छ ।

म्यानचेस्टरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले आफ्नो पछिल्लो प्रस्तावले यूकेले गरेको सम्झौता दर्शाउने बताए । साथै उनले यसलाई ईयूले बुझ्ने र त्यसैअनुरूप उसले पनि सम्झौता गर्ने आशा व्यक्त गरे । युरोपेली आयोगले उक्त प्रस्तावलाई वस्तुपरक ढङ्गले परीक्षण गर्ने बताएको छ । यूकेले ३१ अक्टोबरमा ईयू छाड्दैछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com