राष्ट्रसंघको रोहबरमा ३५० कैदी रिहाई


प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार

साना, सिन्ह्वा/ यमनी हुथी विद्रोहीद्वारा राष्ट्रसंघको रोहवरमा ३५० कैदी रिहा गर्ने उक्त समूहको अल मसिरा टेलिभिजनले सोमबार जानकारी गराएको छ ।

“सोमबार स्वतन्त्र भएका कैदीहरूको रिहाई कैदीहरू आदानप्रदानका लागि स्कटहोममा राष्ट्रसंघको नेतृत्वमा यमनी सरकार र विद्रोहीका प्रतिनिधिबीच भएको सहमति अनुसार भएको छ,” हुथी विद्रोही समूहका कैदीमामिला हेर्ने समितिका प्रमुख अब्दुलकादेर अल–मुर्तादाले भन्नुभयो ।

“हामीले अर्को पक्षसँग सोही कदम चाल्न आग्रह गर्दछौँ,” उहाँ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्रसंघबाट यसबारे कुनै प्रतिक्रिया आइसकेको छैन ।

यमनको विद्रोही हुथी समूह र सरकारले स्टकहोममा गत बर्षको डिसेम्बरमा भएको वार्तामा सात हजार युद्धबन्दीको आदानप्रदान गर्ने सहमति भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर सहमतिपछि दुवै समूहले सम्झौतालाई कायान्वयन गर्न सकेका थिएनन् । सम्झौता अनुरूप विद्रोहीको प्रभाव क्षेत्र होडैडा वन्दरगाह शहरबाट सेनालाई हटाउने बिषयमा विवाद बल्झिँदा गृहयुद्धको वृहद् राजनीतिक समाधानका लागि पहिलो चरणमा गरिने भनिएको युद्धबन्दीको आदानप्रदानका लागि भएको सहमति पालनामा समस्या भएको थियो ।

सोमबारको कदम यमनको युद्ध अन्त्यका लागि गरिएको सहमति पालनाको पहिलो कार्य हो ।

यमनमा साउदी अरब नेतृत्वको सैनिक गठबन्धनले इरानको समर्थन प्राप्त हुथी विद्रोहीविरूद्ध यमनी सरकारलाई सघाउँदै आएको छ । यमनमा विगत चार बर्षदेखि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले विश्व समुदायबाट समर्थन प्राप्त यमनी राष्ट्रपति अब्द– रब्ब मन्सुर हाडीको सरकारलाई सहयोग गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com