‘पूर्वाधार: विशाल तस्वीर’


प्रकाशित मिति : फाल्गुन ८, २०७३ आईतबार

भौतिक पूर्वाधार र सेवा क्षेत्रले जनताको जीवनको स्तरोन्नति मात्रै होइन हाम्रो अर्थतन्त्रको उच्च उत्पादकत्व हासिल गर्न पनि योगदान पुर्‍याउँछ । समकालीन भूमण्डलीकरणको युगमा आधुनिक पूर्वाधार निर्माणविना हाम्रो अर्थतन्त्रले अन्य मुलुकसित प्रभावकारीपूर्ण प्रतिस्पर्धा गर्न सक्दैन । हरेक देशको आ–आफ्नै विशिष्ट अवस्था अनुरुप नीतिहरु बनाउन आवश्यक रहे पनि केही साझा आधारतत्व भने ध्यानमा राख्नु पर्दछ, जस्तै, घरेलु र वैदेशिक पुँजी दुबैको परिचालन, प्राविधिक र व्यवस्थापकीय सामथ्र्यको सुधार, प्रविधिको स्थानान्तरण र नीजि क्षेत्रको बढ्दो संलग्नता ।

पूर्वी एशियाली राष्ट्रहरु जस्तै: जापान र कोरिया, र हाम्रा दुई छिमेकी मुलुक चीन र भारतमा पूर्वाधार विकासमा अभूतपूर्व स्तरको उच्च लगानीले ती देशहरुमा तीव्र आर्थिक वृद्धि र सामाजिक आर्थिक रुपान्तरण सम्भव बनाएको छ । पूर्वाधारमा गरिने उच्चतर लगानीले थुप्रै माध्यमद्वारा ती देशहरुको विकासमा योगदान पुर्‍याएको छ जस्तै: रोजगारी सिर्जना, उत्पादकत्वको वृद्धि, विश्वव्यापी प्रतिस्पर्धा र जीवनस्तरमा सुधार ।

तर, विकसित देशहरु खासगरी पश्चिमा मुलुकहरुले केही शताब्दी लगाएर गरेको पूर्वाधार विकास, हामी जस्तो विकासोन्मुख देशहरुले भने केही दशकभित्रै हासिल गर्नुपर्ने भएको छ । यसकारण पनि यो क्षेत्रमा उच्चतम लगानीको आवश्यकता छ ।

भौतिक पूर्वाधारमा बढ्दो लगानी आवश्यक छ कि छैन भन्ने कुरा अहिले बहसको विषय होइन किनभने यो क्षेत्रमा लगानी बढाउँदा समाज र अर्थतन्त्रलाई पुग्ने फाइदाबारे हामी सबैबीच मोटामोटी सहमति नै छ । वास्तविक बहस चाहीँ पूर्वाधार सेवा उपलब्ध गराउन कसरी पुँजी लगानी परिचालन गर्ने र सदुपयोग गर्ने भन्ने विषयमा हुन जरुरी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा सडक तथा यातायात व्यवस्थाको स्तरोन्नती गर्न अत्यावश्यक छ । केही राजमार्ग र लिंक रोडलाई तीव्र गतिको द्रूतमार्गमा परिणत गर्नुपर्दछ । काठमाडौं–तराई द्रूतमार्गको निर्माणकार्य अविलम्ब सुरु गर्नुपर्दछ । पूर्व–पश्चिम विद्युतीय रेल र अन्य सम्भावित उत्तर–दक्षिण रेलमार्गको निर्माणलाई पनि शीघ्रता प्रदान गर्नुपर्छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र केही ठूला जलविद्युत परियोजनाहरुको निर्माण र कार्यान्वयन अत्यन्त आवश्यक छ । हामीले पूर्वाधार निर्माणको योजनामा उन्नत र नवीनतम प्रविधिहरुको उपयोग गर्नुपर्दछ ।

हाम्रो देशमा सीमित पुंँजीका स्रोतहरु र अपर्याप्त प्राविधिक सामथ्र्य जस्ता समस्याहरु विद्यमान रहेको हुंँदा यी पूर्वाधार परियोजनाका सूचीहरु केही महत्वाकांक्षी देखिनु स्वाभाविक हो । तर हामीले अन्य मुलुकबाट सिक्न सक्छौं । हाम्रो निम्ति ठूलो विडम्बना के हो भने केही वर्षयता एकातिर हामी समक्ष न्यून पुँजी स्रोत छन् भने अर्कोतिर नियमित बजेटद्वारा निर्माण भएका पूर्वाधार परियोजनाहरु पनि कार्यान्वयनमा ल्याउन सकेका छैनौं । हाम्रा उर्जाशील युवा इन्जिनीयरहरु बेरोजगार वा अर्धवेरोजगार छन् ।

तर यी नकारात्मक प्रवृत्तिहरुलाई हामीले उल्टाउनुपर्छ । हाम्रो सामु यी चुनौतिहरुको सामना गर्न केही सम्भावना र अवसरहरु पनि छन् । जस्तै विप्रेशण प्रवाह, जुन वार्षिक ६ अर्ब डलर बराबर हुनेगर्दछ, यसले हामीलाई पुँजीं स्रोत प्रदान गर्दछ । हाम्रो ऋण/जीडीपी अनुपात तुलनात्मक रुपमा कम छ, ३० प्रतिशत भन्दा कम, यसले पनि हामीलाई घरेलु र वैदेशिक पुँजी परिचालन गर्न केही खुकुलो वातावरण बनाउँछ ।

हाम्रो विकासको परिकल्पना समावेशी, वातावरणमैत्री र दीगो हुन जरुरी छ । जलविद्युत विकासद्वारा हामीले हाम्रो उर्जा व्यवस्थालाई कार्वनमुक्त बनाउन सक्छौं । यातायात व्यवस्थाको विद्युतीकरणद्वारा हामीले संसारमै नमूना प्रदूषणरहित यातायात व्यवस्थाको स्थापना गर्नसक्छौं ।

मलाई आशा छ कि आगामी दिनहरुमा निजी क्षेत्रले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्नेछ र लगानी परिचालन, परियोजनाहरुको कार्यान्वयन र सेवा सञ्चालनमा अग्रता लिनेछ । यो सँगसँगै वैदेशिक पुँजी आकर्षित गर्न पनि जरुरी छ जसको निम्ति नेपाली निजी क्षेत्रले विदेशी कम्पनीहरुसँग साझेदारी र संयुक्त कार्यहरु सञ्चालन गर्न भूमिका खेल्न सक्नेछ ।

पाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल पूर्वाधार शिखर सम्मेलन’को प्राविधिक सत्रमा ‘पूर्वाधार: विशाल तस्वीर’ विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राख्नुभएको विचारको महत्वपूर्ण अंश:

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com