३५ हजार घरधुरीमा परम्परागत चुलो


प्रकाशित मिति : फाल्गुन ८, २०७३ आईतबार

इलामलाई सन् २०१७ सम्ममा घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि हालसम्म २२ हजार घरधुरीमा मात्र सुधारिएको चुलो निर्माण भएको छ ।

जिल्ला विकास समितिको २१ औँ जिल्ला परिषद्ले जिल्लालाई नै घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ सुधारिएको चुलो निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको थियो ।

जिविसले लक्ष्य निर्धारण गरे पनि ६४ हजार ५०२ घरधुरीमध्ये अझै पनि ३५ हजार ७०० घरधुरीले परम्परागत चुलोनै प्रयोग गरिरहेका छन् ।

जिल्लाका प्याङ, गोर्खे, सिद्धिथुम्का, लुम्दे, सोयाङ, नामसालिङ, साँखेजुङ, जीतपुर, माबु, शान्तिडाडाँ र माइमझुवा गाविसलाई घरभित्रको धुवाँ प्रदूषण मुक्त गाविस घोषणा गरिसकिएको नामसालिङ सामुदायिक विकास केन्द्रका जिल्ला चुलो संयोजक प्रकाश खतिवडाले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यही वर्षभित्र गजुरमुखी, इभाङ, आमचोक, माइमझुवा, नयाँबजार र बरबोटेलाई घरभित्रको धुवाँ प्रदूषण मुक्त गाविस बनाउने लक्ष्य लिइएको छ ।

फलाम र माटोको गरी इलामका २२ हजार घरमा सुधारिएको चुलो निर्माण भएको छ । जिल्लामा चार हजार ७७५ परिवारले एलपी ग्यास र ३५ हजार ७०० घरधुरीमा परम्परागत चुलो प्रयोग गरिरहेका छन् ।

परम्परागत चुलोका कारण भान्सामा काम गर्ने गृहिणी, बालबच्चालाई विभिन्न रोग लाग्ने गरेको छ । करिब रु दुई हजारमा सुधारिएको चुलो निर्माण हुन्छ । इलाममा ५०० जनाले सुधारिएको चुलो निर्माणसम्बन्धी तालिम लिएका छन् । तीमध्ये १५० जना चुलो प्रवर्तकले मात्रै अहिले चुलो निर्माण गरिरहेका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com