कतारमा अलपत्र ८० नेपालीलाई अन्तर्राष्ट्रिय नेपाली समाज कतारद्धारा राहत


प्रकाशित मिति : फाल्गुन ७, २०७३ शनिबार

दोहा । कतारमा अलपत्र परेका ८० जना नेपालीलाई नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाज कतारले राहत सामग्री वितरण गरेको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेर दुई महिनादेखि अलपत्र नेपालीलाई समाजले एक लाख ५० हजार बरारबको खाद्यान्न सहयोग गरेको समाजका संयोजक बिबी खरालले जानकारी दिनुभयो । कतार ल्याउने कम्पनी सञ्चालक नै कामदारलाई तलब नदिई सम्पर्कविहिन भएपछि नेपाली कामदारहरु अलपत्र पर्नुभएको हो । अलपत्र नेपालीहरुले विगत दुई महिनादेखि उनीहरुले कतारमा रहेका आफन्त तथा चिनजानका नेपालीसँग सहयोग मागेर दैनिक एक छाक मात्र खाएर दिन कटाइरहेका कतारबाट संयोजक खरालले जानकारी दिनुभयो ।

अलपत्र नेपालीहरुले पटकपटक नेपाली दूतावासमा सम्पर्क गर्दा पनि दूतावासले गम्भीरतापूर्वक नलिएको कानुनी प्रक्रियामा जान अप्ठेरो परेको गुनासो गर्नुभएको खरालले बताउनुभयो । साँघुरो कोठामा १०–१२ जना बस्न बाध्य उनीहरु बसाई तथा खानाको कारण बिस्तारै बिरामी समेत पर्न लागेपछि थप समस्यामा पर्नुभएको हो । सनैया ४१ राईट एचबिके कम्पनी पछाडिको क्याम्पमा रहेका पीडित कामदारले आफुलाई अलपत्र पार्ने स्केल लगायतका पाँच कम्पनीलाई कानुनी कारबाही गरी आफनो उद्धार गर्न आव्हान गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समाजका संयोजक खरालले पीडितको उद्धार गर्न हरतरहले प्रयास गरिरहेको जानकारी दिनुभयो । शुक्रबार अन्तर्राष्ट्रिय नेपाली समाजको तर्फबाट राहत वितरण समितिका संयोजक तथा मुस्लिम विभाग प्रमुख इब्राहिम मिया, सदस्यहरु कलिम मिया, करिम मिया, अकबर मिया, बसन्त मिया, बसिर मिया, अन्तर्राष्ट्रिय नेपाली समाजका कतारका माहसचिव महम्मद कार्की, उपसंयोजक दुर्गा सुनार, लाल भट्ट, सन्तोष बस्नेत, संगम भट्टराई, युवा नेता मनोज दाहाल, देव परियार, नविराज खान, तार्केस्वर यादव, अक्कल जिम्मा,नवीन गिरी, बसन्त तामाङ, सञ्चारकर्मी सन्तोष क्षेत्रीलगायतको पहल र सहयोगमा रकम जुटाइएको समाजका संयोजक खरालले जानकारी दिनुभयो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com