जापान आउन भाषा जानेको प्रमाणपत्र भए मात्रै पुग्छ ?


प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार

नेपाली कामदार जापान ल्याउनका लागि दुई देशका सरकारबीच समझादारी भएसँगै नेपाली कामदारका लागि नयाँ बजार खुलेको छ।

तर जापानले नेपाली कामदार लैजाने गाइँगुइँ चलेदेखि नै निजी क्षेत्रले केही महिना पहिलेदेखि धमाधम जापानी भाषा सिकाउने संस्था खोलेका थिए।

के भाषाको प्रमाणपत्र चाहिन्छ ?

कतिपय युवाले भाषा सिकेको प्रमाणपत्र बोकेर कामदारका रुपमा जापान जाने पर्खाइमा रहेको बताउने गरेका छन् ।

तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भाषा परीक्षा र सीप परीक्षा दुवैमा उत्तीर्ण भएकालाई मात्र जापानले कामदारका रूपमा लैजाने समझदारीपत्रमा उल्लेख भएकाले प्रमाणपत्रको पछि मात्र नलाग्न वा आफुसंग प्रमाणपत्र भएकाले ढुक्क नबस्न सबैलाई आग्रह गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले भने, “कसैले म उच्च तहको प्रमाणपत्र दिन्छु, म प्रमाणपत्र मिलाइ दिन्छु भन्न सक्छ। त्यस्तो भरमा नपर्नु होला। प्रमाणपत्रको कुनै काम छैन। जापान जानका लागि उनीहरूले लिने परीक्षामा पास हुनुको विकल्प छैन।”

भाषा परीक्षा पनि समान्य र उच्च गरि दुई प्रकारको हुने बताइएको छ।

नर्सिङ र केयर गिभरमा जानेहरूका लागि अरू भन्दा धेरै त्यहाँको भाषा बुझेको हुनु पर्ने भएकाले त्यसको भाषा परीक्षा उच्च तहको हुने निमित्त सचिव घिमिरेको भनाइ छ।

अन्य कामदारको लागि भने सामान्य स्तरको भाषा परीक्षा लिइने छ।

यस्ता परीक्षा जापान सरकारकै निकायले लिनेछ भने नेपाल सरकारले सहजीकरण मात्रै गर्नेछ।

भाषाको पाठ्यक्रम

जापान सरकारले भाषाको पाठ्यक्रम र परीक्षा विधिका बारेमा छलफल गरिरहेको र त्यसको टुङ्गो लागे लगत्तै मन्त्रालयलाई जानकारी गराउने भनिएको छ।

त्यस्तो जानकारी आएपछि सार्वजनिक गरिने र त्यही अनुरूपको पढाइको प्रबन्ध मिलाउने मनस्थितिमा श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरू छन्।

नेपालमा त्यस्ता भाषा सिकाउने निजी क्षेत्रका कतिवटा प्रशिक्षण केन्द्र छन् भन्ने विवरण शिक्षा मन्त्रालयसँग मागिएको र उक्त विवरण आएपछि उनीहरूको पाठ्यक्रम कस्तो छ भनेर अनुगमन गरिने मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

यसका अतिरिक्त त्यस्ता भाषा सिकाउने संस्थाहरूलाई मन्त्रालयमा सूचीकृत गर्ने र तोके अनुरूपको जनशक्ति उत्पादन गरे, नगरेको हेरेर कारबाही गर्ने देखि कालोसूचीमा राख्ने जस्ता काम गर्ने भन्ने बारेमा पनि मन्त्रालयले छलफल गरिरहेको छ।

समझदारी बमोजिम नेपाली कामदारको सरोकार राख्ने जापानी निकायका अधिकारीहरूसँग अबको दुई हप्ताभित्र भिडियो कन्फ्रेन्सबाट छलफल हुने र थप विषयहरूमा निर्क्योलमा पुगिने बताइएको छ।

जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ सेवा, सवारीसाधन मर्मत र सम्भार, निर्माण उद्योगसहित १४ वटा क्षेत्रमा कामदार लैजान खोजेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com