पोर्चुगलमा चम्किदै नेपाली फेशन डिजाइनर, आस्मा कार्कीका डिजाईन पोर्चुगल फेशन सप्ताहमा


प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार

नेपाली चेली आस्मा कार्कीले डिजाईन गरेका फेशनका पहिरनहरु पोर्तुगल फेशन सप्ताहमा समाबेश भएका छन्।

करिब चार बर्ष पहिले पोर्तुगलमा फेशन डिजाईन अध्ययन गर्न पोर्तुगल आएकी आस्माले फेशन डिजाईनको अध्ययन पोर्चुगलकै युनिभर्सिटीमा गरेकी हुन्।

युरोपमा हुने विभिन्न फेशन शोमा आफ्ना डिजाईनहरु प्रस्तुत गरिसकेकी आस्मा पोर्तुगलमामा सम्पन्न न्यु क्रियटर्स पीएफएन २०१८ मा बिजयी भएकी छिन्। कार्की निकै नै अनुशासित , परिश्रमी र भद्र स्वभावकी छिन्।

बैदेशिक रोजगारको क्रममा पोर्तुगल आए आस्माका परिवार हाल क्वर्तेइरामा बस्दै आईरहेका छन्। आफ्ना अभिभावकसंगै पोर्तुगल आएकी अस्माले आफ्नो पढाई पोर्तोमा गरिन्।

विश्वका ख्यातिप्राप्त फेशन डिजाईनरहरुसंग काम गर्ने चाहने राख्ने अस्माको फेशन डिजाईनमै मास्टर्स डिग्री गर्ने धोको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोर्तोमा १४-१७ मार्चसम्म सम्पन्न भईरहेको ” पोर्तुगल फेशन विक” मा आफ्ना डिजाईनहरु अवलोकन गरिदिनहुन अस्माले अनुरोध गरेकी छिन्।

आस्मा कार्कीले डिजाईन गरेका फेशनका पहिरनहरु हेर्न यहाँ क्लिक गर्नुहोला ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com