अदम्य साहास लिएर सर्प खेलाउछन पाल्पा अर्गलीका सागर


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

पाल्पा अर्गली रोनुवाका २२ वर्षिय सागर पान्डेले अदम्य साहस लिएर घरमै बसेर सर्पसंग आफ्नो दैनिकी बिताई रहेका छन ।

तिन वर्ष पहिले आफ्नी बहिनी लाई घरमै आएर सर्पले डस्न लागे पछि मुटु दरिलो पारेर बहिनीको जिवन रक्षा गर्न पहिलो पटक सर्प सामातेका सागर अहिले गाउँका लागी मात्र होईन राष्टिय स्तरमै स्नेकर म्यानको रुपमा आफुलाई परिचित बनाएका छन ।

 

अहिले दिन दिनै जसो सर्पको बारेमा अनुसान्धान गर्ने सागर सर्पका प्रजाती र सर्पले पारेको अन्डा हेर्ने चाहना पुरा भएको बताउछन । सानो ठुलो बिषालु जस्तो सुकै सर्प पनि हातले च्यापै समात्ने उनी तिन वर्ष बाट गाउँ देखी टाढा टाढा सम्म गएर सर्प बचाउ अभियानमा लागेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तिन भाई मध्यका कान्छो छोराको रुपमा जन्मेका सागर लाई घर परिवारले अलिक फरक बिषय लिएर पढाउने सोच राखेता पनि उनले गाउँमै रहेको त्रिभुवन उच्च मावि बाट कक्षा १२ उत्तीर्ण गरेका छन ।उनी गाउमै बसेर पढाई लाई निरन्तरता दिदै सर्पको अनुसन्धान गर्ने बिचारमा छन ।

उनले भन्छन सर्प समात्न गारो छैन तर सर्प लाई आहार खोज्न निकै जटिल भएको बताउछन ।सर्पले भ्यागुतो र मुसा जिउदो खाने हुदा मुसा र भ्यागुता जिउदै छोप्न युद्ध जित्न जस्तो कठिन भएको सागरको दाबि छ ।

सागरको यती धेरै साहस जोस जागर प्रर्ति सागरका साथिभाई समेत चकित भएका छन घनिष्ट साथीले सर्प समात्दा आफु भने डरले काप्ने बताउछन सागरलाई नजिक बाट साथ दिने सौरभ सागर पान्डे । अहिले गाउँमा मात्र नभएर अन्य जिल्लामा समेत सास्कृर्तीक कार्यक्रममा झोला भरि सर्प राखेर सर्पको कला देखाउन पुग्ने सागर सर्पलाई ज्यानमा बेरने मुखमा किस खाने जस्ता जटिल कार्य गर्न सक्छन र उनले सबै लाई चकित पारेका छन ।

हामीले उनलाई प्रश्न गरेयो तिमी सर्प समाते पछि बिष निकाल्छौ भनेर तर उनले कुनै औजार नभएको बताउदै धेरै पटक सर्पले आफुलाई डस्न खोज्छ तर आफु बचेर सर्प खेलाउने बताउछन । उनले तिन वर्षको अबधिमा करिव २० प्रजातिका सर्पहरुको जानकारी लिएको र हाल सम्म ८ फिट लामो र ८ केजि सम्मको सर्प समातेर संरक्षण गरेको उनको दाबी छ ।

केही समय पहिला अर्गलीमा अत्यन्तै बिषालु तथा लोप उन्मुख प्रजातीको राजगोमन सर्प समेत उनकै पहलमा संरक्षण भएको र सर्प सम्बन्धी अनुसन्धान तथा यसै बिषय बाट थेसिस गर्ने बिधार्थी हरु समेत सागर लाई पटक पटक भेट्ने गरेको उनको भनाई छ ।

सागरको यो सरानिय काम प्रति सागरकि आमा भुना पान्डे यसरि खुशि हुन्छिन ।
दैनिक जसो पत्रकार संघ सस्था र अन्य जानकार ब्याक्ती घरमा आउदा छोराले गरेको अदम्य साहस प्रर्ति उनका परिवारमा निकै खुशि पैदा भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com