कार दुर्घटनापछि प्रिन्स फिलिपले बुझाए ड्राइभिङ लाइसेन्स
प्रकाशित मिति : माघ २७, २०७५ आईतबार
एलिजाबेथ द्धितियका श्रिमान अर्थात डुक अफ एडिनबर्ड प्रिन्स फिलिपले आफ्नो ड्राइभिङ लाइसेन्स फिर्ता गरेका छन्। गत १८ जनवरीका दिन उनी सामान्य कार दुर्घटनामा परेका थिए ।
९७ वर्षको उमेरमा समेत सिटबेल्ट नबाँधेरै आफै कार हाँक्ने प्रिन्स फिलिप पछिल्लो समय निकै चर्चामा रहेका थिए । नोरफोल्क प्रहरीले उनलाई सिटबेल्ट बाँध्न सुझाव दिएका थिए । घटनापछि उनको उमेर र ड्राइभिंगको कुराले मिडियामा चर्चा फैलाएको थियो ।
गत १८ जनवरीमा ईस्टर्न इंग्लैण्डको नाेरफाेल्क स्टेटकाे सेन्ड्रिङ्घममा फिलिपको लेण्ड रोभर कार अर्काे सवारी साधनसँग ठोक्किएर दुर्घटनामा परेको थियो । घटनामा उनलाई चोट नलागे पनि अर्काे सवारी साधनका दुई जना घाइते भएका थिए ।
फिलिप आफै कार ड्राइभिंग गर्छन् । सन २०१६ मा अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा र उनकी पत्नी ब्रिटेन आउँदा उनलाई लन्च गराउन लैजाँदा फिलिप आफैले कार चलाएका थिए । एजेन्सी





