२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

नेपाली भिसा अब मेसिन रिडेवल

प्रचलनमा रहेको नेपाली भिसा स्टिकर न्यून गुणस्तरको भएपछि सरकारले मेसिन रिडेबल भिसा लागू गर्ने तयारी गरेको छ ।

सुरक्षाको दृष्टिकोणले भिसा स्टिकर गतिलो नभएकाले गृह मन्त्रालयले अन्तर्राष्ट्रिय  नागरिक मापदण्डअनुसारको नेपाली भिसा स्टिकरलाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरणको तयारी गरेको हो ।

सरकारले अन्तर्राष्ट्रिय  मापदण्डअनुसार मेसिनले पढ्न सक्ने प्रवेशाज्ञा एकआरभी (मेसिन रिडेबल भिसा) लागू गर्ने तयारी गरेको छ । विदेशीले पनि अब मेसिन रिडेबल नेपाली भिसा पाउने छन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।