‘कपुरी क, खरायो ख’ भन्दै आयो ‘कार्टुन्ज क्रु’
प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार
नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को नृत्य रहेको नयाँ गीत सार्वजनिक भएको। उक्त गीत ‘कार्टुन्ज क्रु’को आधिकारिक युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो।
‘कपुरी क’ बोलको गीतमा स्वर रूपक चौधरीको रहेको छ। गीतको शब्द डिपी खनालले लेखेका हुन्। गीतको कम्पोज कुन्दन थापाले गरेका हुन्। म्युजिक भिडियोको निर्देशन सरोज अधिकारीले गरेका हुन्।