२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

४ गते अस्ट्रेलिया जान किनमेल गरि फर्केका चितवनका सुदिप सापकोटा बेपत्ता, परिवारमा रुवाबासी , खोजिदिन आग्रह

भरतपुरबाट एक युवा बेपत्ता भएका छन् । कालिका नगरपालिका ६ बाग्लुङ्गे टोल निवासी २४ बर्षिय सुदिप सापकोटा (सोमवार) साँझ ५ः१५ बाट बेपत्ता भएका हुन् ।अष्ट्रेलिया जाने तयारीमा रहेका सापकोटा सोमवार नाराय णगढ बाट किनमेल गरेर घर फर्कदै गर्दा भरतपुरबाट बेपत्ता भएको चितवन बाट सरोज नेउपाने ले जानकारी दिएकाछन । “बजारमा किनमेल सकेपछि पुल्चोकबाट क्याम्पस गेट सम्मको म्याजिक चढाएर पठाएको हो,उनका बुबाले भने’,म पुल्चोक बाट गौरि गन्जतर्फ लागे ,बेलुका घर फर्कदाँ छोरो पुगेको रहेनछ ।” उनले ५ बजेर १८ मिनेट पछि छोराको मोवाइल अफ भएको बताए । लत्ताकपडा किनमेल गर्न नारायणगढ बजार गएर घर फर्किने बेला भरतपुर बिरेन्द्रक्यामपस वाट भोजाढ हुदै खोलेसिमल जाने क्रममा ठूलो सुटकेश र ब्याग सहित बर्ष २४ का सुदिप हाल सम्म सम्पर्कमा नआउदा घरमा रुवावासी चलेको छ।

काठमाण्डौ जाने तयारी गरेको र ४ गते अष्ट्रेलियाको प्लाइट रहेको उनले बताए । सुदिपले भारतमा बसेर कम्प्युटर इन्जिनियरको पढाई सकेका थिए । लगेजमा केहि सामान लिएर सिक्री लगाएर हिडेकाले अपहरणमा परेको हुन सक्ने आशंका परिवारको छ ।वेपत्ता छोराको खोजी गरिदिन सम्पूर्णमा परिवारले आग्रह गरेको छ ।परिवारको निवेदनका आधारमा सापकोटाको खोजी कार्य तिब्र पारिएको चितवनका प्रहरी प्रमुख शुसिल सिंह राठौरले जानकारी दिए । उनले सबै नाकामा फोटो पठाएर खोजी कार्य तिब्र पार्न निर्देशन दिइएको उनले बताए ।

घटनाको सम्बन्धमाप्रहरीले अनुसन्धानका साथसाथै खोजीकार्य समेत गरिरहेको जिल्लाप्रहरी कार्यालय चितवनकाप्रहरी नायव उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीले जानकारी दिए । प्रहरीले सुदिपको टेलिफोनको कल डिटेल लिएको र थप अनुसन्धान गरिरहेको उनले बताए । साथै जनपथप्रहरी, सशस्त्रप्रहरी र स्थानीयहरुले भोजाड पदमपुर खण्डको जंगल क्षेत्रमापनि दैनिक रुपमाखोजतलास एवम् सर्च अभियान गरेको समेत उनले बताए ।स्थानीययुवक सुदिप सापकोटा बेपत्ता भएपछि उनको गाउँघरमा समेत सन्नाटा छाएको छ । स्थानीयहरु दैनिकउनको घरमा जम्माहुने, जिल्लाप्रहरी कार्यालयमागई घटनाको बारेमा जानकारी लिने र जंगल क्षेत्रमाखोजीकार्यमा समेत जुटेका छन् । घटनाको सन्दर्भमा चितवनका क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेल, प्रदेश सभाका सांसद घनश्याम दाहालले पनिचासो दिइजिल्लाप्रहरी कार्यालय चितवनमापुगी घटनाको बारेमा यथार्थ पत्तालगाई खोजीकार्य तीव्र बनाउनप्रशासनलाई अनुरोध समेत गरेका छन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।