फिल्म ‘२.०’को ट्रेलरमा यस्ता देखिए अक्षय कुमार


प्रकाशित मिति : १८ कार्तिक २०७५, आइतबार

अक्षय कुमार र रजनीकान्त स्टारर फिल्म ‘२.०’को ट्रेलर रिलिज भएको छ । हिन्दी र तामिल भाषामा रिलिज गरिएको चलचित्रमा अक्षय कुमार भिलेनको रुपमा देखिएका छन् । फिल्ममा रजनीकान्त मुख्य भुमिकामा देखिएका छन् ।

उक्त टेलरको सामाजिक सञ्जालमा राम्रो प्रशंसा मिलेको छ । करिब ६ सय करोडको बजेटमा बनेको फिल्म भारतको ईतिहासमा अहिलेसम्मकै सबैभन्दा महंगो फिल्म हो । फिल्ममा रजनीकान्तले रोवोटको भुमिका निर्वाह गरेका छन् । फिल्ममा भारतमा अहिलेसम्म आएको सबैभन्दा पछिल्लो प्रविधीहरुको प्रयोग गरी बनाईएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com